रंगेलीको त्रिभुवन विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ विराटनगर सोसियलले जाडोको मध्यनजर गर्दै विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।
क्लबका अध्यक्ष लिला ढुंगेलले आगामी दिनमा समेत विद्यालयलाई आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिवद्धता जनाए । २०२४ सालमा स्थापना भएको सो विद्यालयमा हाल ४...































