सुनवर्षीमा जुवाको खालबाट चार जना पक्राउ

सुनवर्षीमा जुवाको खालबाट चार जना पक्राउ

विराटनगर । जुवा खेल्दै गरेको अवस्थामा मोरङको सुनवर्षी नगरपालिका-९ भेडवाथानबाट आज साँझ चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साँझ करिब ५ः३० बजे जुवाको खालमा छापा हानेर प्रहरीले जुवातास खेल्नेहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका-९ भेडवाथानका ५३ वर्षीय कहरसिंह राजवंशी, सोही स्थानका ४७ वर्षीय सुरेशप्रसाद शाह, सुनवर्षी ६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली नगरपा...
फेरिए मोरङका प्रहरी प्रमुख

फेरिए मोरङका प्रहरी प्रमुख

विराटनगर । मोरङका प्रहरी प्रमुख फेरिएका छन् । झापा घर भएका प्रहरी उपरीक्षक एसपी नारायण चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख बनेर आएका हुन् । यसअघिका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय गएका छन् । मोरङ आएको ८ महिनामै एसपी कार्कीलाई हेडक्वार्टर तानिएको हो । एसपी कार्की आर्थिक लेनदेनमा मुछिएको उजुरी परेपछि उनलाई हेडक्वार्टर तानिएको स्रोतको दावी छ । अपराध अनुसन्धान विभागमा कार्यरत एसप...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरेको छ । आज माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडामा २०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थ...
भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

विराटनगर । विराटनगर-१५ बाट प्रहरीले एक सय तीन किलो गाँजा बरामद गरेको छ । हिजो नेपालबाट भारततर्फ गइरहेको बी आर ३८ ए डब्लु ३७७६ नम्बरको भारतीय कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कारको डिक्कीमा गाँजा फेला पारेको थियो । इलाका प्रहरी कार्यालय रानीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरि...
विराटनगरमा सय वर्ष नाघेका दुई वृद्धलाई गरियो अभिनन्दन

विराटनगरमा सय वर्ष नाघेका दुई वृद्धलाई गरियो अभिनन्दन

विराटनगर । विराटनगरमा एक सय वर्ष नाघेका दुई वृद्धलाई आज अभिनन्दन गरिएको छ । विराटनगर-६ स्थित घनश्याम पोखरेल स्मृति प्रतिष्ठानले विराटनगर-२ निवासी शताव्दी पुरुष नारायण खनाल र विराटनगर-३ निवासी वद्रीनाथ खतिवडालाई अभिनन्दन गरेको हो । विराटनगर-४ कञ्चनबारी पिपलचौकस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा सय वर्ष नाघेका खनाल र खतिवडालाई सम्मानसहित अभिनन्दन गरिएको हो । कार्यक्रममा कोशी प्रदेश...
मुन गीत गजलका सञ्चालकमाथि खुकुरी हानेको आरोपमा दुई जना पक्राउ 

मुन गीत गजलका सञ्चालकमाथि खुकुरी हानेको आरोपमा दुई जना पक्राउ 

विराटनगर । विराटनगर-९ स्थित मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगत माथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई धरानबाट पक्राउ गरेर विराटनगर ल्याउँदै गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन । मोरङ प्रहरीका निमित्त प्रवक्ता हेमराज ओलीले संगालोखबरसँग भने, ‘पक्राउ गरेर विराटनगर ल्याउँदै गरेको अवस्था हो । यहाँ ल्याइसके पछि थप कुरा खुल्छ ।’ हिजो स...
विराटनगरको मुन गीत गजलका सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगरको मुन गीत गजलका सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरको मुन गजलका सञ्चालकमाथि खुकुरी प्रहार भएको छ । मोरङ प्रहरीका अनुसार गीत गजलका सञ्चालक दिलिपकुमार भगत माथि आज साँझ खुकुरी प्रहार भएको हो । उनको देब्रे हात र नाकमा चोट लागेको प्रहरीले जनाएको छ । उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि दुई जनाको समुहले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भगत माथि खुकुरी प्रहार गर्ने फरार छन् । उनीहरूको खोजी भइरहेको र घटनाका ...
रङ्गेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रङ्गेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-१ पोखरी टोलमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक धनपालथान गाउँपालिका-१ का ४६ वर्षीय राम बहादुर माझीको मृत्यु भएको हो ।  प्र १-०४-००१ त १००४ नम्वरको ट्याकटरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पैदलयात्री धनपालथान गाउँपालिका-६ का ४५ वर्षीय सिटुरु ऋषिदेव र माझीकी श्रीमती ३६ वर्षी...
विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगर । विराटनगर महानगरपालिका भित्र अधिकांश माछामासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेका पाइएको छ । महानगरपालिकाले चाडपर्व लक्षित आज गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमन टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाइ, ढकतराजु लगायतको अवस्था नियालेको थियो । सो क्रममा अधिकांश पसलले सरसफाइ कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक तराजुमा कैफियत र पसलभित्रको सरसफाइमा कमजोरी भेटिएको अन...
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ चिसाङ पुल छेउमा कार र मोटरसाइकल जुध्दा प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब ७ बजे ठोक्किएका हुन् । सुनसरीको नडाहास्थित अस्थायी प्रहरी बिटमा कार्यरत संखुवासभाको सिलिचुङ–२ घर भएका प्रहरी जवान ३२ वर्षीय चित्रसागर रा...
विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । अविरल वर्षाका कारण केही दिन अघि आएको बाढी, पहिरोबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिलाई तत्काल व्यवस्थापन गरेर आम नागरिकलाई सहज वातावरण बनाउन नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । एमाले कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीसहितको टोलीले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार...
विराटनगरको आईसीपी क्षेत्रमा प्रदर्शन हुँदा दश राउन्ड अश्रुग्यास प्रहार, चार जना प्रहरी घाइते 

विराटनगरको आईसीपी क्षेत्रमा प्रदर्शन हुँदा दश राउन्ड अश्रुग्यास प्रहार, चार जना प्रहरी घाइते 

विराटनगर । विराटनगर-१८ आईसीपी क्षेत्रमा तनाव सिर्जना भएको छ । हिजो साँझ ट्रकको ठक्करबाट ६० वर्षीय श्याम साहको मृत्यु भएपछि आज स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयले सडकमा बत्ति नभएका कारण दुर्घटना भएको र सो क्षेत्रमा तत्कालै बत्ती जडान गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । स्थानीयले आईसीपी क्षेत्रमा प्रवेश गरेर तोडफोड प्रयास गरेपछि तनाव सिर्जना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रक...
मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव

मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ मा रहेको कृष्ण क्रसर उद्योग नजिकैको खाल्डोमा डुबेको अवस्थामा दाजुभाइको शव भेटिएको छ । स्थानीय तोयानाथ चौलागाईँका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको शव खाल्डोमा भेटिएको हो । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरूको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । क्रसरको लापरबाहीका कारण घटना घटेको...
विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगर । विराटनगरमा ट्रकले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको छ । विराटनगर-१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । हिजो साँझ विराटनगर-१८ आईसीपी छेउ भित्री सडकखण्डमा एउटै दिशातर्फ गइरहेको अवस्थामा ना ४ ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको मोरङका ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराट नर्सिङहोम ल्याइएकोमा चिकित...
अपडेटः मोरङको सुन्दरहरैंचामा बस जुध्दा ३० जना घाइते (नामावलीसहित)

अपडेटः मोरङको सुन्दरहरैंचामा बस जुध्दा ३० जना घाइते (नामावलीसहित)

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ दुलारीमा आज बिहान दुई वटा बस जुध्दा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजे ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरूको विराटनगरस्थित नोबेल अस्पताल, न्यूरो अस्पताल तथा सामुदायिक अस्पताल इटहरीमा उपचार भइरहेको मोरङका ट्राफिक प्र...
सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो

सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित दुलारीमा भएको बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । केहीबेर अघि मे १ ख २६२८ नम्बर र को १ ख ७२१६ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार घटनाको थप विवरण आउन बाँकी छ । अहिले दुर्घटनाग्रस्त गाडीलाई पन्छाएर राजमार्ग सुचारु भइसकेको...
मोरङको सुन्दरहरैँचामा बस दुर्घटना

मोरङको सुन्दरहरैँचामा बस दुर्घटना

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित दुलारीमा दुई वटा बस जुधेका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस जुधेका हुन् । घाइतेहरूलाई उद्धारको काम भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना ...
एमाले विराटनगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने 

एमाले विराटनगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने 

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने भएको छ । आज बसेको महानगर कमिटीको बैठकले रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सञ्जाल निर्माण गर्ने निर्णय गरेको हो । महानगर भित्रका पार्टी सदस्यहरूलाई समेट्दै रक्तदाता सञ्जालको निर्माण गर्ने निर्णय भएको महानगरका सचिव बलराम गिरीले जानकारी दिए । महानगर र मातहतका कमिटीले प्रत्येक बैठक तथा कार्यक्...
विराटनगरमा भोलिदेखि विराट सडक महोत्सव

विराटनगरमा भोलिदेखि विराट सडक महोत्सव

विराटनगर । विराटनगरमा भोलिदेखि विराट सडक महोत्सव सुरु हुँदैछ । आयोजक मञ्जिना मुभिज क्रिएसन प्रा.लि.ले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । दशैंको अवसर पारेर हिमालय रोडमा गर्न लागिएको महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए । विराटनगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महोत्सव उद्‌घाटन गर...
रङ्गेली नगरपालिकाद्वारा करको दर संशोधन, तीन वर्षसम्म यथावत रहने 

रङ्गेली नगरपालिकाद्वारा करको दर संशोधन, तीन वर्षसम्म यथावत रहने 

विराटनगर । मोरङको रङ्गेली नगरपालिकाले वृद्धि गरेको करको दर घटाएर पुरानै दरलाई कायम गर्ने भएको छ । हिजो बसेको विशेष नगरसभाले पुरानै करको दरलाई कायम गर्ने निर्णय गरेको नगर प्रमुख दिलिप बगडियाले बताए । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि सम्पत्ति करमा गरिएको वृद्धि परिमार्जन हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेसले आन्दोलन गरेको थियो । आन्दोलनले उग्र रूप लिँदा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचार...
मोरङको बेलबारीमा बस र बोलेरो जुध्दा एक जनाको मृत्यु 

मोरङको बेलबारीमा बस र बोलेरो जुध्दा एक जनाको मृत्यु 

विराटनगर । मोरङको बेलबारी नगरपालिका-३ मा बस र बोलेरो ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको बाहुनी घर भएका बोलेरो चालक ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो । हिजो साँझ पूर्वबाट पश्चिम आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको प्र १-०२-००१ ज ४२७७ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका थापाको न्युरो अस्पताल विराटनगरम...
मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो 

मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो 

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खोलाले बगाएर ल्याउँदै गरेको र डुबेको अवस्थामा आज उनीहरूको शव भेटिएको हो । कानेपोखरी र ग्रामथानमा दुई जना पुरुष मृत फेला परेका हुन् भने विराटनगरको सिङ्घिया खोलामा बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले संगालोखबरलाई जानकारी दिए । कानेपोखरी गाउँपालिका...
विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि परीक्षण सुरु

विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि परीक्षण सुरु

विराटनगर । विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि पाइपलाइन परीक्षणको काम सुरु गरिएको छ । विराटनगर-८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका लागि दुई/तीन पिस पाइप बिछ्‌याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि...
मोरङमा बाढी र डुबानबाट सय बढी घरपरिवार विस्थापित 

मोरङमा बाढी र डुबानबाट सय बढी घरपरिवार विस्थापित 

विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढी र डुबानका कारण विराटनगरसहित मोरङका विभिन्न स्थानमा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका एक सय बढी परिवार विस्थापित भएका हुन् । रंगेली नगरपालिका-२ लक्ष्मीपुरमा १६ र रंगेली नगरपालिका--९ मा २२ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ मा पनि बाढीका कारण केही घर पर...
मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता

मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता

विराटनगर । मोरङको रतुवामाईमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छिन् । आज दिउँसो वृद्धालाई रतुवा खोलाले बगाएको सूचना आएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीले जानकारी दिए । रतुवामाई-७ सिजुवाकी ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले बगाएको भनेर लिखित निवेदन आएको अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘स्थानीयले बगाएको भनेर खबर गरेका छन्’, अधिकारीले संगालोखबरसँग भने...
मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । मोरङको विराटनगर, बेलबारी र सुनसरीको धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । हिजो लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट चेकजाँचको क्रममा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को ६ प ९६ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैँचा नगरपालिका-१२ का ३० वर्षीय शङ्कर दाहाल र २५ वर्षीय नन्दु फुँयाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...
नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ बाट १५ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।  को २ त ८३४६, को २ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को २ त २०३२, को २ त ७९१२ र को २ त ७८९७ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।  यसैगरी को २ त ६९४०, को...
जलमग्न विराटनगरको एयरपोर्ट रोड (फोटो फिचर)

जलमग्न विराटनगरको एयरपोर्ट रोड (फोटो फिचर)

विराटनगर । लगातारको वर्षाले विराटनगरको एयरपोर्ट रोड जलमग्न भएको छ । हिजो बिहानदेखि निरन्तर परेको पानीका कारण विराटनगरका धेरै स्थान जलमग्न भएका छन् । पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण देशैभरका नदीको जलसतह बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले केहिदिन निरन्तर वर्षा हुने विभागले उल्लेख गरेको छ । ...
वर्षाका कारण विराटनगर विमानस्थलमा उडान प्रभावित

वर्षाका कारण विराटनगर विमानस्थलमा उडान प्रभावित

विराटनगर । निरन्तर भइरहेको वर्षाका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराब भएकाले उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । आज बिहानदेखि कुनैपनि विमानले उडान र अवतरण गरेका छैनन् । विराटनगरसहित विभिन्न स्थानमा हिजोदेखिनै निरन्तर वर्षा भइरहेको छ । वर्षा कारण विराटनगरका धेरै ठाउँमा पानी जम्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा विगत २४ घण्टामा १४...
मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ मा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । आज दिउँसो करेन्ट लागेर ५० वर्षीय जगदीश सरदारको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा सरदारलाई करेन्ट लागेको थियो । मृतक सरदारको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ । घटनाका सम्बन्धमा...
विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भाव्या इन्टरनेशनल सोरुममा आज दिउँसो आगलागी भएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिदै आएको सोरुममा आगो लागेको हो । दिउँसो करिब २ः३० बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ब्याट्रीहरू पड्किएकाले आ...
error: Content is protected !!