विराटनगरमा सरकारी कार्यालय आगजनी गर्ने नौ जनाविरुद्ध पाँच दिनको म्याद थप
विराटनगर । विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा पक्राउ परेका नौ जनाविरुद्ध पाँच दिनको म्याद थप भएको छ । आज उनीहरूलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइ ‘आपराधिक उपद्रव’ मुद्दामा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको हो ।
प्रहरीले हिजो ताजिम अन्सारी, आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाललाई पक्राउ गरेको थियो । आज समिर क्षेत्री, दोर्जे तामाङ, गणपति यादव र पंकज कुमार कामतला...






























