एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि यसरी भइरहेको छ मतदान (फोटो फिचर)

एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि यसरी भइरहेको छ मतदान (फोटो फिचर)

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ५० प्रतिशत मत खसेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रियामा यो समाचार तयार पार्दासम्म ५० प्रतिशत मत खसेको हो । अध्यक्षमा राजकुमार ओझा र अजम्बर राई, उपाध्यक्षमा शान्ति लिम्बू र सागर थापा, सचिवमा रविन थापा र सोमराज थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी तथा उषा झा र सन्तोष बान्तवा चुनावी मैदानमा छन् ।  न...
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म एक सय ७४ मत खसेको छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी चुनावी मैदानमा छन् । यस्तै संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज...
विराट गोल्डकप: दिल्लीलाई हराउँदै एपीएफको विजयी सुरुवात

विराट गोल्डकप: दिल्लीलाई हराउँदै एपीएफको विजयी सुरुवात

विराटनगर ।  विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) विराट गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा मङ्गलबार राती भएको खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५-३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनल पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि जितको छिनोफानो टाइबेकरबाट गरिएको हो । टाइब्रेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ ...
मोरङको पथरी शनिश्चरेमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला

मोरङको पथरी शनिश्चरेमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मौलाबारी स्थित बक्राहा खोलाको किनारमा युवा-युवती झुण्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार आज बिहान उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । विवाहित रहेका उनीहरू एउटै रूखको हाँगामा झुण्डिएका छन् । पथरीशनिश्चरे-५ का २४ वर्षीय अजय टुडू र मोरङको कटहरी गाउँपालिका-६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा झुण्डिएको अवस्थाम...
एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान 

एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान 

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदानको समय सारिएको छ । आज बिहान ९ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया सहमतिको प्रयासका लागि भन्दै सारिएको हो । शनिबारदेखि विराटनगरमा सुरु भएको १० औँ अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी थियो । तर सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको छ । २ बजेबाट पनि मतदान सुरु हुने सम्भावना न्यून रहेको जनाइएको छ । पाँच पदाधिकारीसहित एक सय ६...
विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

विराटनगर । विराटनगरबाट भन्सार छलीको सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सोमबार साँझ विराटनगर-१८ आइसिपी रोडबाट यूपी ८७९१८१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यको सामान रहेको सूचना प्रहरीले पाएको थियो । मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो । ट्रकसहित ४५ लाख मूल्य...
विराट गोल्डकप : आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुने

विराट गोल्डकप : आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुने

विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पाहुना टोली शुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ । सहिद रङ्गशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक रिजाल मोरङको एफसीले विजयी सुरुवात गरेका छ । पाहुना टोली भारतको साउर्थन समिति कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । यो सँगै मोरङ क्वार्टर फाइनलम...
एमाले मोरङको नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले मोरङको नेतृत्व चयनका लागि आज मतदान हुँदै

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ । प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सोमबार निर्वाचन सम्भव नभएपछि आज मतदान हुन लागेको हो । शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी भएपनि विवाद बढेपछि अधिवेशन लम्बिएको हो । अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा र...
विराट गाेल्डकप : उद्घाटन खेलमा आयाेजक माेरङ विजयी

विराट गाेल्डकप : उद्घाटन खेलमा आयाेजक माेरङ विजयी

विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा आयाेजक रिजालकाे माेरङ एफसी विजयी भएकाे छ । भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै माेरङ विजयी भएकाे हाे । सहिद रंगशालामा भएकाे खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं  मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । यस्तै ४६ औं मिनेटमा पेनाल्टी सुटआउटमा दाेर्जे तामाङ र खेलकाे ८९ औं मिनेटमा म...
विराट गोल्डकप : पहिलाे हाप माेरङ र काेलकाताबीच दुई-दुई गाेलकाे बराबरी

विराट गोल्डकप : पहिलाे हाप माेरङ र काेलकाताबीच दुई-दुई गाेलकाे बराबरी

विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलकाे पहिलाे हापमा आयाेजक रिजालकाे माेरङ एफसी र भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकाताबीच दुई/दुई गाेलकाे बराबरी भएकाे छ । सहिद रंगशालामा जारी खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं  मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । लगत्तै १३ औं मिनेटमा काेलकत्ताका लागि सुदिप्त हाल्डेनले गाेल गर्दै खेल बराबरीमा ल्याए । ३८ औं मिनेट...
मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी 

मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी 

विराटनगर । मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी भएको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले सञ्चालन गर्दै आएको न्यु पाथीभरा ज्वेलर्समा चोरी भएको हो । प्रहरीले चोरी भएको जानकारी आज बिहान १० बजेतिर पाएको थियो । प्रहरीले आइतबार राति ज्वेलर्समा जोरी भएको अनुमान गरेको छ । मोरङ प्रहरीका अनुसार २५ किलो चाँदीका गहना, दुई तोला सुनको तिलहरी र १५ हजार रुपैयाँ नगद चो...
एमाले मोरङ अधिवेशन : कार्यतालिका भन्दा ढिलो मतदाता नामावली प्रकाशन

एमाले मोरङ अधिवेशन : कार्यतालिका भन्दा ढिलो मतदाता नामावली प्रकाशन

विराटनगर । नेकपा एमाले मोरङको निर्वाचन प्रक्रिया पूर्व निर्धारित समयभन्दा ढिलो सुरु भएको छ । आज बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भनिएपनि त्यसको करिब चार घण्टापछि मात्रै नामावली प्रकाशन गरिएको हो । निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा नौ सय ११ जना प्रतिनिधि कायम गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोग...
आज विराटनगरको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने अनुमान

आज विराटनगरको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने अनुमान

विराटनगर । प्रि-मनसुन सुरु भएसँगै देशभरको तापक्रम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विराटनगरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ । यस्तै जनकपुरको पनि अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाले भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा म...
उद्‌घाटन खेलमा आज रिजालको मोरङ र भारतको साउथर्नबीच प्रतिस्पर्धा हुने

उद्‌घाटन खेलमा आज रिजालको मोरङ र भारतको साउथर्नबीच प्रतिस्पर्धा हुने

विराटनगर । विराटनगरको ऐतिहासिक रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आजबाट सुरु हुँदैछ । सहिद रङ्गशालामा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच प्रतिस्पर्धा हुने छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । खेल हेर्न...
विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटनामा घाइते एक जनाको मृत्यु

विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटनामा घाइते एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको स्कुटर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । वडा सदस्य लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर गत फागुन ११ गते रोकेर राखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । विराटनगर-७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३-००१ ख १७१२ नम्बरको ट्रकमा राति ९ः...
आगाेले जलेर घाइते भएकी महिलाकाे एक महिनापछि मृत्यु

आगाेले जलेर घाइते भएकी महिलाकाे एक महिनापछि मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-१ हाेक्लाबारीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएकाे छ । ५५ वर्षीया रीता बुढाथोकीको आगोले जलेको एक महिनापछि उपचारका क्रममा मृत्यु भएको हो । गाईलाई खोले पकाउने क्रममा सारीबाट सल्किएको आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार उनी माघ १७ गते जलेर घाइते भएकी थिइन् । तत्काल उपरचाका लागि विराट टिचिङ अस्पताल ल्याइएकोमा उनलाई थप उपचारका लागि ...
महेन्द्र मोरङ क्याम्पसमा नेविसङ्घका विद्यार्थीहरूबीच झडप

महेन्द्र मोरङ क्याम्पसमा नेविसङ्घका विद्यार्थीहरूबीच झडप

विराटनगर । विराटनगरको महेन्द्र मोरङ कलेजमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का विद्यार्थीहरूबीच झडप भएको छ । आज बिहान संस्थापन र शेखर कोइराला पक्षका विद्यार्थीहरूबीच झडप भएको हो । झडपमा तीन जना घाइते भएका छन् । नेविसङ्घ मोरङका जिल्ला सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसङ्घ केन्द्रीय सदस्य पूजा विश्वास घाइते भएका जनाइएको छ । घाइते तीनै जना इतर पक्षका हुन् । उनीहरूको...
‘दलित-दलितबीचको विभेद हटाउनुपर्नेमा जोड’

‘दलित-दलितबीचको विभेद हटाउनुपर्नेमा जोड’

विराटनगर । दलित समुदायका महिलाहरूको अवस्था क्रमिक सुधार हुँदै गएको सरोकारवालाहरूले बताएका छन् । दलित महिला संघ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले विगतको तुलनामा पछिल्लो समय दलित महिलाहरूको अवस्था सुधार हुँदै गएको बताएका हुन् । कार्यक्रममा सहभागीहरूले दलित महिलाहरूको अवस्था क्रमिक सुधार हुँदै गएपनि पर्याप्त नभएको बताएका छन् । विपन्न दलित समुदायभित्...
मोरङको बुढीगङ्गामा सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु 

मोरङको बुढीगङ्गामा सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु 

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-५ हात्तीमुडामा सिटी सफारी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहानको राति करिब २ः३० बजे भएको दुर्घटनामा मोटरसाइकल चालक बुढीगंगा-५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो । प्रहरीका अनुसार हात्तीमुडाबाट पोठिया चोकतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मो...
विराटनगरका शिवालयमा भक्तजनको घुँइचो (फोटो फिचर)

विराटनगरका शिवालयमा भक्तजनको घुँइचो (फोटो फिचर)

विराटनगर । महाशिवरात्रिको अवसरमा विराटनगरका शिवालयहरूमा बिहानै देखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । विराटनगरका बासुकीनाथ, विराटेश्वर मन्दिर, मनोकामेश्वर, भोलेश्वर बाबा मन्दिर र वनसखण्डि महादेवलगायतका मन्दिरमा आज बिहानै देखि भक्तजनहरूको घुइँचो लागेको छ । बिहानै देखि भक्तजनहरू लाइनमा बसेर पूजाआजा गर्ने पालो पर्खिरहेका छन् । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व मध्ये महाशिवरात्रि पनि पर्दछ ...
मोरङको रंगेलीमा ग्यास सिलिन्डर विष्फोट

मोरङको रंगेलीमा ग्यास सिलिन्डर विष्फोट

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ मुख्य बजार नजिकै ग्यास सिलिन्डर विष्फोट भएको छ । आज बिहानको राति करिब तीन बजेतिर प्रिमाको ग्यास सिलिन्डर विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार सुनिलकुमार मण्डलको घरमा ग्यास विष्फोट भएको हो । ‘टिनले बेरेर सामान राख्ने ठाउँ बनाएको रहेछ’, खड्काले भने, ‘त्यहाँ अरु एकदुई...
मोरङको उर्लाबारीमा एक पुरुष छिमेकीको घरमा मृत भेटिए

मोरङको उर्लाबारीमा एक पुरुष छिमेकीको घरमा मृत भेटिए

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-९ का एक पुरुष छिमेकीको घरमा मृत फेला परेका छन् । आज बिहान स्थानीय ४९ वर्षीय नरेन्द्र लावती लिम्बु छिमेकी डिगबहादुर खड्काको घरमा मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार खड्काको घरभन्दा एक सय ५० मिटर दक्षिणमा लिम्बुको घर छ । प्रहरीले बिहान ६ः३० बजेतिर लिम्बु मृत भेटिएको खबर पाएको थियो । प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर शव पोष्टमार्टम...
विराटनगर विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ

विराटनगर विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय नौशाद अन्सारी ८१ हजार अमेरिकी डलरसहित पक्राउ परेका हुन् । शुक्रबार राति ७ बजे यती एयरलाइन्सको जहाजबाट काठमाडौं जान लागेका उनलाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनले आवश्यक कागजपत्र देखाउन नसकेपछि आज आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा ब...
उर्लाबारीमा मोटरसाइकलले ओभरटेक गर्दा ट्याक्टरले ठक्कर दियो, एक जनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकलले ओभरटेक गर्दा ट्याक्टरले ठक्कर दियो, एक जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार पूर्व-पश्चिम राजमार्ग अन्तरगत दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १ त ६७८८ नम्बरको ट्याक्टरले सोही दिशातर्फ आउँदै गरेको मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-३ का ६२ वर्षीय धन्य प्रसाद बराल र सोही स्थानका ६५ वर्षीय तारानार...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ 

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ 

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट उनीहरूलाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले मोरङको मिक्लाजुङ-७ का २० वर्षीय मनिष राईलाई पक्राउ गरेको छ । उनको घर खानतलासी गर्दा प्रहरीले ट्रामाडोल-९६, स्पास्टिन दुई सय ३८ क्याप्सुल र नाइट्रेजेपाम-४ ट्याबले...
भारतमा मृत फेला परेकी प्रकृति लम्साललाई न्याय माग्दै विराटनगरमा प्रदर्शन 

भारतमा मृत फेला परेकी प्रकृति लम्साललाई न्याय माग्दै विराटनगरमा प्रदर्शन 

विराटनगर । भारतमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्साललाई न्याय दिनुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । आज बिहान विराटनगरका विभिन्न स्थानमा विद्यार्थीहरूले प्रदर्शन गर्दै न्यायको माग गरेका हुन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन रोडशेष चोकसम्म पुगेको थियो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अवरोधसमे...
विराटनगरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते

विराटनगरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते

विराटनगर । विराटनगर-१० सोमबारेमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार कोशी लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको विराटनगर १ ह ००११ नम्बरको सिटी सफारीलाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १-०२-०५२ प ३१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर-१५ की ६० वर्षीया फूलोदेव...
भूमिसम्बन्धी समस्या तीन वर्षभित्रमा समाधान हुनुपर्छ : मुख्यमन्त्री कार्की

भूमिसम्बन्धी समस्या तीन वर्षभित्रमा समाधान हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धी समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पूरा गर्नुपर्ने बताएका छन् । आज विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले तीन वर्षभित्रमा समस्या समाधान नगरे मुलुकमा विकराल समस्या आइपर्ने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले भूमि सम्बन्धी ...
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका मोरङमा पहिलो

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका मोरङमा पहिलो

विराटनगर । मोरङका १७ वटा स्थानीय तहमध्ये विराटनगर महानगरपालिका कार्यसम्पादनमा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा गरेको मूल्याङ्कनमा विराटनगर अगाडि देखिएको हो । विराटनगर महानगरपालिका ७३.५ अङ्क ल्याएर पहिलो भएको छ । लेटाङ नगरपालिका ५७.८ अङ्क ल्याएर दोस्रो हुँदा सुन्दरहरैँचा नगरपालिका ५५.६ अङ्क ल्याएर तेस्रो भएको छ । बुढीगंगा गाउँपाल...
स्विस सरकारका प्रतिनिधि र कोशीका मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

स्विस सरकारका प्रतिनिधि र कोशीका मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

विराटनगर । स्विस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पोरेसन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए । उनले ७५ ...
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । ६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका पाएर दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बे...
error: Content is protected !!