भीषण हावाहुरीको सम्भावनापछि पोखरिया माविको परीक्षा स्थगित
विराटनगर । जल तथा मौसम विज्ञान विभागले भोलि शनिबार तीव्र हावाहुरी आउनसक्ने चेतावनी दिएपछि विराटनगरको पोखरिया माध्यमिक विद्यालयले परीक्षा स्थगित गरेको छ ।
विद्यालयले भोलिका लागि तय गरेको कक्षा ४, ५ र ८ को वार्षिक परीक्षा स्थगित गरेको हो । विद्यालयले आज सूचना जारी गर्दै भोलि निर्धारण गरिएको परीक्षा स्थगित गरेको जानकारी गराएको छ ।
चैत ८ गतेदेखि हुने अन्य परीक्षाहरू यथावत पूर्वपरीक्षा तालिका अनुसा...





























