भोजपुरको अरुण गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
विराटनगर । भोजपुरको अरुण गाउँपालिका-६ भण्डारी गाउँमा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
आज बिहान ९ः३० बजेतिर याकुबाट जरायोटार तर्फ जाँदै गरेको प्र १-०२-०५० प ३१४० नम्बर र विपरित दिशाबाट आउँदै गरेको प्र १-०२-०४७ प ७६१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा अरुण गाउँपालिका-५ याकुका २३ वर्षीय विवेक ढकाल र अरुण-७ का २२ वर्षीय कमल थापा घाइत...































