चक्रवात ‘मोन्था’ को प्रभाव : अरुण गाउँपालिकाका विद्यालय आज बन्द

चक्रवात ‘मोन्था’ को प्रभाव : अरुण गाउँपालिकाका विद्यालय आज बन्द

भोजपुर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण भोजपुरको अरुण गाउँपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । निरन्तर भारी वर्षा भई रहेकोले आज एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीद्वारा जारी सूचना अनुसार गाउँपालिकास्तरीय निर्णयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
भोजपुरको सतिघाटस्थित अरुण नदीमा पुनः फेरी सञ्चालन

भोजपुरको सतिघाटस्थित अरुण नदीमा पुनः फेरी सञ्चालन

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ६ महिनापछि पुनः फेरी सञ्चालनमा आएको छ । गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा फेरीकै भरमा सबारीसाधन आवत-जावत तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने बाध्यता छ । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाक...
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको दुर्गम बस्तीमा विद्युत विस्तार, स्थानीय हर्षित

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको दुर्गम बस्तीमा विद्युत विस्तार, स्थानीय हर्षित

भोजपुर । भोजपुरको टेम्केमैयुङस्थित दुर्गम क्षेत्रमा विद्युत विस्तार गरिएको छ । भौगोलिकरूपमा दुर्गम गाउँबस्तीमा केन्द्रीय विद्युत विस्तार भएसँगै स्थानीयलाई सहज भएको छ । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नम्बर ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत विस्तार भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत सेवा विस्तार गरिएपछि स्थानीयलाई सहज भएको छ । विद्युत विस्तारले गाउँघरक...
भोजपुरमा निषेधाज्ञा, पाँच जना भन्दाबढी भेला हुन रोक

भोजपुरमा निषेधाज्ञा, पाँच जना भन्दाबढी भेला हुन रोक

भोजपुर । भोजपुरमा निषेधाज्ञा आदेश जारी भएको छ । विभिन्न स्थानहरूमा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको हो । प्रमुख जिल्ला अधिकारी राजिव पन्थीद्वारा जारी गरिएको सूचनामा आज बिहान ९ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा जारी गरिएको जनाइएको छ । सो अवधिमा पाँच जना भन्दाबढी व्यक्ति भेला हुन नप...
भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा

भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा

भोजपुर । भोजपुरका विभिन्न स्थानमा एक साताको अवधिमा प्रहरीले आठ हजार बोट गाँजा नष्ट गरेको छ । गाँजाका बोट तथा बेर्नाहरू फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । डाँडा पाखामा अवैध रुपमा लगाइएको तथा आफै उम्रेका गाँजाका बोटहरू नष्ट गर्ने अभियान प्रहरीले सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत यो साता हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडामा करिव ४३ रोपनी क्षेत्रफलको ४ हजार २ सय बो...
भोजपुरमा घरेलु उद्योग दर्ता बर्सेनि घट्दै

भोजपुरमा घरेलु उद्योग दर्ता बर्सेनि घट्दै

भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या वर्षेनी घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/०७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षको असार मसान्तसम्म एक सय १० वटा मात्र उद्योग दर्ता भएका छन् । उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार आ...
भोजपुरमा परम्परागत बाली हटाएर अलैँची खेती विस्तार

भोजपुरमा परम्परागत बाली हटाएर अलैँची खेती विस्तार

भोजपुर । भोजपुरका कृषक अलैँची खेतीतर्फ आकर्षित भएका छन् । मूल्य बढेसँगै कृषकहरू अलैँचीको नयाँ बगैँचा विस्तारसँगै पुरानो बगैँचाको संरक्षणमा जुटेका हुन् । गतवर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि अलैँची खेतीतर्फ कृषकको आकर्षण बढेको छ । टेम्केमैयुङ-५ का शिवकुमार विष्टका अनुसार मूल्य बढेसँगै परम्परागत बाली हटाएर फेरी अलैँची खेतीमा फर्किने किसानको सङ्ख्य...
प्राज्ञिक विद्यार्थी परिषदद्वारा भोजपुरमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा भोजपुरमा शैक्षिक सामग्री वितरण

भोजपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले भोजपुरमा शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा भोजपुर नगरपालिका-१ भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्रीमा झोला, कापी, जमेट्री बक्स लगायतका सामग्री वितरण गरिएको केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिए । यसअघि विभिन्न जिल्लाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरिसकेक...
भोजपुरका कृषक अकबरे खुर्सानी खेतीतर्फ आकर्षित

भोजपुरका कृषक अकबरे खुर्सानी खेतीतर्फ आकर्षित

भोजपुर । भोजपुरका कृषक अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय व्यावसायिक अकबरे खुर्सानी खेती कृषकहरूको राम्रो आम्दानीको स्रोत बनेको छ । स्थानीय बजारमा प्रतिकेजी दुईदेखि चार सय रुपैयाँसम्ममा खुर्सानी बिक्री हुने गरेको छ । अकबरे खुर्सानीको बजारमा राम्रो माग रहेकाले कृषकहरू थप आकर्षित भएका हुन् । भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसायिक खेती भइरहेको छ ...
भोजपुरमा युवतीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

भोजपुरमा युवतीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

विराटनगर । भोजपुरको पौवादुङ्मा गाउँपालिका-३ मा एक २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राई छन् । युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले ज...
भोजपुर घटना : चारै जनाको शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर घटना : चारै जनाको शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव ‘फरेन्सिक’ परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । भोजपुर जिल्ला अस्पतालमा ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएपछि आज धरान पठाइएको हो । भोजपुर नगरपालिका-२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर...
छोरी नपठाएपछि चार जनाको हत्या, शोकमा डुब्यो भोजपुरको धोद्लेखानी गाउँ

छोरी नपठाएपछि चार जनाको हत्या, शोकमा डुब्यो भोजपुरको धोद्लेखानी गाउँ

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ स्थित धोद्लेखानी गाउँ शोकमा डुबेको छ । गएराति एकै परिवारका चार जनाको छुरी प्रहारबाट विभत्स हत्या भएपछि गाउँमा रुवाबासी चलेको छ । भोजपुर नगरपालिका-२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राईले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेका हुन् । वडाध्यक्ष राजकुमार तामाङ घटना...
भोजपुर घटनामा राईको बयान : सासुले चक्कु प्रहार गरेपछि सबैको हत्या गरेँ

भोजपुर घटनामा राईको बयान : सासुले चक्कु प्रहार गरेपछि सबैको हत्या गरेँ

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा चार जनाको हत्यामा संलग्न राजेन्द्र राईले सासुले आफूलाई चक्कु प्रहार गरेपछि सबैको हत्या गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राईले आफू सुतिरहेको अवस्थामा सासुले चक्कु प्रहार गरेको र आफूले त्यही खोसेर हत्या गरेको बताएका हुन् । उनले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्...
भोजपुरमा चार जनाको हत्या गरेर घाइते भएका राईको उपचार हुँदै

भोजपुरमा चार जनाको हत्या गरेर घाइते भएका राईको उपचार हुँदै

विराटनगर । भोजपुरमा सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेर आफैँलाई घाइते बनाएका अन्दाजी २६ वर्षीय राजेन्द्र राईलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार घटना आज बिहानको राती करिब १ बजेतिरको हो । रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा ससुरा ६८ वर्षीय बेल बहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरीको धारिलो हतियार प्रहार गरेर उनले हत्या गरेका ...
भोजपुरमा एकै परिवारका चार जनाको हत्या

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा ज्वाइँले ससुरालीका चार जनाको हत्या गरेका छन् । ससुरा ६८ वर्षीय बेल बहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार एकै घरभित्र चार जनाको हत्या भएको हो । ज्वाइँ राजेन्द्र राई पनि घाइते अवस्थामा भेटिएका प्रहरीले ...
भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुर । भोजपुरका कृषकलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न साढे आठ हजार बढी बिरुवा वितरण गरिएको हो । डिभिजन वन कार्यालयले तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक/एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरेको छ । भोजपुरका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्था...
अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकामध्ये एकको शव फेला

अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकामध्ये एकको शव फेला

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकामध्ये एक जनाको शव फेला परेको छ । बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बेपत्ता भएका थिए । दुई जनामध्ये खुसी राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईले संगालोखबरलाई जानकारी दिए । सुनसरीको बराहक्षेत्र...
अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकाको अवस्था अझै अज्ञात

अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकाको अवस्था अझै अज्ञात

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ । बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अझै फेला परेका छैनन् । उनीहरू कक्षा ८ मा पढ्दै थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईका अनुसार बुधबार साँझदेखि नै उनीहरूको खोजी थालिएको थियो । ‘अ...
भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता

भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता

विराटनगर । भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बेपत्ता भएका हुन् । प्रहरीका अनुसार उनीहरू हतुवागढी-९ मचुवाटारका हुन् । उनीहरू कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । उनीहरू साँझ सम्म पनि घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक अनिल साहको कमान्डमा खट...
भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भोजपुर नगरपालिका-९ का ४२ वर्षीय आङतेम्बा शेर्पाको मृत्यु भएको हो । मंगलबार दिउँसो पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाउने क्रममा बाँसले अचानक विद्युतीय लाइनमा छुँदा करेन्ट लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ भने घटनाका सम्बन्धमा आवश्यक...
भोजपुरको ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा

भोजपुरको ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा

विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका स्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा परेको छ । गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । परापूर्वकालमा उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा उक्त स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित ज...
भोजपुरबाट लागूऔषधसहित सात जना पक्राउ

भोजपुरबाट लागूऔषधसहित सात जना पक्राउ

विराटनगर । भोजपुरबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर नगरपालिका-७ स्थित २४ वर्षीय संजय राई, सोही स्थानका १९ वर्षीय मौसम राई, भोजपुर-९ का २० वर्षीय रेन्जी शेर्पा, भोजपुर-५ का २० वर्षीय संगित राई, भोजपुर-७ का २० वर्षीय युकेश राई, १९ वर्षीय उचित राई र भोजपुर-६ का २९ वर्...
भोजपुरमा ट्याक्टरले किच्दा बालकको मृत्यु

भोजपुरमा ट्याक्टरले किच्दा बालकको मृत्यु

विराटनगर । भोजपुरमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार षडानन्द नगरपालिका-१२ का ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको हो । षडानन्द नगरपालिका-१४ मा को २ त ८६९७ नम्बरको रोकिराखेको ट्याक्टरमा खेलिरहेका उनलाई एक्कासि अगाडि बढेको ट्याक्टरले किचेको थियो । प्रहरीका अनुसार ट्याक्टर पार्किङ गरेर चालक खाना खान गएका थिए । सोही बेला बालक खेलिरहेका र अचानक अगाडि बढेको ट्याक्टर सडकबाट ...
भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ 

भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ 

विराटनगर । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि उपजको सहज बजारीकरणका लागि  ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई सहजरूपमा बाहिरी जिल्लाका बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले कृषिमा जोड दिएसँगै किसानले व्यावसायिक रूपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन् । उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स ...
भोजपुरको अरुण गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

भोजपुरको अरुण गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

विराटनगर । भोजपुरको अरुण गाउँपालिका-६ भण्डारी गाउँमा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान ९ः३० बजेतिर याकुबाट जरायोटार तर्फ जाँदै गरेको प्र १-०२-०५० प ३१४० नम्बर र विपरित दिशाबाट आउँदै गरेको प्र १-०२-०४७ प ७६१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अरुण गाउँपालिका-५ याकुका २३ वर्षीय विवेक ढकाल र अरुण-७ का २२ वर्षीय कमल थापा घाइत...
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

विराटनगर । भोजपुर नगरपालिका-३ सेतीबगरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय नीरप्रसाद फुयाँल र सोही स्थानका ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । श्निबार राति करिब १०ः३० बजे गोबर मल लोड गरेर बो...
लोपोन्मुख रेडपान्डा भोजपुरमा भेटिएपछि थालियो संरक्षण अभियान

लोपोन्मुख रेडपान्डा भोजपुरमा भेटिएपछि थालियो संरक्षण अभियान

भोजपुर । भोजपुरमा लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ संरक्षण अभियान थालिएको छ । विश्वमै दुर्लभ मानिने रेडपान्डा भोजपुरमा भेटिन थालेपछी टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा रेडपान्डा संरक्षण कार्यक्रम थालिएको हो । रेडपान्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान सुरु गरेको छ । टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपास क्षेत्रको वनमा रे...
भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुर । भोजपुर नगरपालिका-१२ स्थित पारपानेमा भीषण आगलागी भएको छ । स्थानीय इनामे सामुदायिक बनबाट सुरु भएको आगोले आसपास क्षेत्रको बस्तीका ७ वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय कालीदास चापागाईँ, सोवित श्रेष्ठ, गोपिकृष्ण धमला, गोविन्द चापागाईँ, रुद्रप्रसाद ढकाल, गोमा दमाइ र रामबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । बिहान करिब ९ बजेबाट सुरु भएको आगो अपरान्हसम्म पनि नियन्त्रण हुन नसकेको भोजपुरक...
भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुर । भोजपुरका एक व्यक्तिले बाटोमा भेटेको ५ लाख ५० हजार मूल्य बराबरको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिएका छन् । भोजपुर नगरपालिका–१२, टक्सार पारपानीका नवराज आचार्यले बाटोमा भेटेको ३ तोला २ आनाको सुनको सिक्री सम्बन्धित धनी प्रकाश राईलाई फिर्ता दिएका हुन् । सिक्री हराएपछि प्रकाशको परिवार पीडामा थियो । छिमेकी आचार्यले सिक्री भेटेर दिएपछि उनीहरु हर्षित भएका छन् । सिक्री फिर्ता गर्ने आचार्य...
भोजपुरबाट ३५ करोडको सुन्तला निर्यात

भोजपुरबाट ३५ करोडको सुन्तला निर्यात

भोजपुर । भोजपुर जिल्लाबाट यो वर्ष चार हजार दुई सय मेट्रिक टन सुन्तला निर्यात भएको छ । सात सय ९० हेक्टर क्षेत्रफलमा उत्पादन भएको सुन्तला निर्यात हुँदा ३५ करोड २८ लाख बराबरको रकम जिल्ला भित्रिएको हो । गत वर्ष २९ करोड बराबरको सुन्तला निर्यात भएको थियो । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार भएपनि सात सय ९० हेक्टर क्षेत्रफलबाट उत्पादन सुरु भएको छ । केन्द्रका प्रमु...
भोजपुरमा टिपर दुर्घटना, चालक र सह-चालक घाइते

भोजपुरमा टिपर दुर्घटना, चालक र सह-चालक घाइते

भोजपुर । भोजपुरमा टिपर दुर्घटना भएको छ । गएराति करिब १२ बजेको समयमा हतुवागढी-८ मा टिपर दुर्घटना भएको हो । दुर्घटनामा चालक सुनसरीको इटहरी-४ का अन्दाजी ३० वर्षीय अमरबहादुर राई र सह-चालक भोजपुर अरुण गाउँपालिका-१ का अन्दाजी २४ वर्षीय कर्ण भुजेल घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्त...
error: Content is protected !!