संगालोखबर

भोजपुर । भोजपुरका विभिन्न स्थानमा एक साताको अवधिमा प्रहरीले आठ हजार बोट गाँजा नष्ट गरेको छ । गाँजाका बोट तथा बेर्नाहरू फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

डाँडा पाखामा अवैध रुपमा लगाइएको तथा आफै उम्रेका गाँजाका बोटहरू नष्ट गर्ने अभियान प्रहरीले सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत यो साता हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडामा करिव ४३ रोपनी क्षेत्रफलको ४ हजार २ सय बोट र ३ हजार ८ सय बेर्ना फडानी गरेर नष्ट गरिएको छ ।

इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले गाँजा नष्ट गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!