
विराटनगर । पाँचथरको फिदिम नगरपालिका-५ चोकमागुस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ ।
सेवा र विकासका लागि युवाको आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा एक सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
आर्थिक कठिनाइका कारण विद्यार्थीको अध्ययन निरन्तरतामा देखिने चुनौतीलाई न्यूनीकरण गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ । विद्यार्थीहरूलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत शब्दकोश लगायतका सामाग्री उपलब्ध गराइएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द कुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तुलसीराम मिश्र प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नयन्त्र तुम्बापो, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव एवं कोशी प्रदेश संगठन सचिव मनिष बन्जाडे लगायतको उपस्थिति थियो ।

संगालोखबर 
















