
पाँचथर । पाँचथरका युट्युबर रोशन पोखरेललाई जिल्ला अदालतले कारागार चलानको आदेश दिएको छ ।
प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली-गलौज र अपमान गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले असार १८ गते कारागार पठाउन आदेश दिएको हो ।
पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । युट्युब, फेसबुक र टिकटक लगायतका माध्यमबाट प्रधानमन्त्री र उनको परिवारको मानमर्दन हुने सामग्री प्रसारण गरेको अभियोग उनीमाथि छ ।
यसअघि चैत २६ गते पक्राउ परेका उनलाई चर्को विरोधपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो । तर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि अदालतले थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत पाँचथरले जनाएको छ ।

संगालोखबर 

















