संगालोखबर


धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले गाँजा खेती नगर्न जिल्लावासीलाई सचेत गराएको छ । प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै गाँजा खेती गर्ने, ओसारपसार गर्ने तथा बेचविखन गर्नेलाई कारवाही हुने भन्दै सचेत गराएको हो ।

लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजा खेती, ओसारपसार तथा बेचबिखनलाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । तरपनि धनकुटाको सहिदभूमिसहित विभिन्न क्षेत्रमा ठूलो मात्रामा गाँजा खेती हुने गरेको छ ।

Advertisement

प्रहरीले बर्सेनी ठूलो मात्रामा गाँजा खेती फडानी गरेको दावी गर्ने गरेको छ । तरपनि खेती गर्ने र ओसारपसार गर्ने क्रम नरोकिरहेका बेला प्रशासनले सूचना जारी गरेर यो विषयमा सचेत गराएको हो ।

गाँजा खेती गरेको, ओसारपसार गरेको वा बेचविखन गरेको थाहा भएमा जानकारी गराउँन पनि प्रशासनले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!