संगालोखबर

धनकुटा । धनकुटामा वेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । धनकुटा नगरपालिका-९ मार्गामा फेला परेको बजाज कम्पनीको २२० सीसीको पल्सर मोटरसाइकल विराटनगर-३ हलेसी टोलका मोटरसाइकल धनी विवेक रेग्मीलाई बुझाइएको हो ।

Advertisement

सो मोटरसाइकल गत मंसिर २१ गते राती विराटनगरको सहिद रंगशाला गेट अगाडि पार्किङ गरेको ठाउँबाट हराएको थियो ।

हराएको चार महिनापछि मोटरसाइकल फेला परेको हो । मोटरसाइकल धनी रेग्मी कागजपत्रसहित सम्पर्कमा आएपछि उनलाई मोटरसाइकल जिम्मा लगाइएको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

मोटरसाइकल कसले चोरी गरेको र किन वेवारिसे अवस्थामा छोडियो भन्ने भन्ने खुलेको छैन । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!