धनकुटामा पनि मनाइयो गाईजात्रा

धनकुटामा पनि मनाइयो गाईजात्रा

धनकुटा । धनकुटामा पनि आज गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायले एक वर्षभित्र दिवाङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारी बजार परिक्रमा गराएर गाईजात्रा मनाएका हुन् । धनकुटा बजार क्षेत्रमा वर्षभरि मृत्यु भएका १२ जनाको घर परिवारले जात्रा निकालेका थिए । नगर परिक्रमा गर्दा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । श्रीवानीस्थित कृष्ण मन...
जनैपूर्णिमामा धनकुटाको निशान मन्दिरमा धर्मावलम्बीहरूको भीड (फोटो फिचर)

जनैपूर्णिमामा धनकुटाको निशान मन्दिरमा धर्मावलम्बीहरूको भीड (फोटो फिचर)

धनकुटा । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन, देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदै छ । धनकुटाको निशान भगवती मन्दिर परिसरमा पनि बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूको भीड लागेको छ । मन्दिर परिसरमा गुरु तथा पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्न र नयाँ जनै धारण गर्न धर्मावलम्बीहरूको भीड लागेको हो । बिहानै स्नान गरी गुरु तथा पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने परम...
धनकुटाकी रोबी पनि बाढीपछि सम्पर्कविहीन

धनकुटाकी रोबी पनि बाढीपछि सम्पर्कविहीन

धनकुटा । रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत धनकुटाकी रोबी राई पनि बाढीपछि सम्पर्कविहीन भएकी छन् । बुधबार बिहान भोटेकोशीमा आएको भीषण बाढीपछि राई पनि सम्पर्कविहीन भएकी हुन् । धनकुटा नगरपालिका वडा नं.७ डाँडागाउँ घर भएकी ३२ वर्षीय रोबी अपर त्रिशूली १ मा काम गर्दै आएकी थिइन् । उनी धनकुटा नगरपालिका वडा नं.७ का पूर्व वडाध्यक्ष जङ्गबहादुरकी छोरी हुन् । बाढीपछि रोबी सम्पर्कविहीन नभएकाले खोजी...
धनकुटाको मानव सेवा आश्रममा झापाका निर्मलको मृत्यु

धनकुटाको मानव सेवा आश्रममा झापाका निर्मलको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका-१ हिलेस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आज बिहान सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका-१ घर भएका ६० वर्षीय निर्मल दर्नाल छन् । बोल्न नसक्ने अवस्थाका उनलाई गत असार ११ गते उक्त आश्रममा ल्याएर राखिएको थियो । प्रहरीका अनुसार विगत केही दिनदेखि स्वास्थ्य अवस्था कमजोर रहेका दर्नाल आज बिहान करिब ६ बजे सुतिरहेको ठाउँमै मृत फेला पर...
रसुवा बाढी : धनकुटावासीका आफन्त सम्पर्कविहीन भए विवरण उपलब्ध गराउन प्रशासनको अनुरोध 

रसुवा बाढी : धनकुटावासीका आफन्त सम्पर्कविहीन भए विवरण उपलब्ध गराउन प्रशासनको अनुरोध 

धनकुटा । रसुवाको सीमा क्षेत्र रसुवागढी तथा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । उक्त बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले पहल सुरु गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै धनकुटा जिल्लाबाट बाढी प्रभावित जिल्लाहरूमा व्यापार, रोजगार, भ्रमण वा अन्य कामको सिलसिलामा गई हा...
धनकुटामा चिरपट प्रहार गरेर छोराद्वारा ७० वर्षीय बाबुको हत्या

धनकुटामा चिरपट प्रहार गरेर छोराद्वारा ७० वर्षीय बाबुको हत्या

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-७ ठूलोढुङ्गामा छोराले चिरपट प्रहार गरेर बाबुको हत्या गरेका छन् । आज बिहान करिब ५ः४५ बजे ३२ वर्षीय छोरा युवराज लिम्बुले चिरपट प्रहार गरेर ७० वर्षीय बाबु अमरध्वज लिम्बुको हत्या गरेका हुन् ।  टाउकोमा गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजितकारले जानकारी दिए ।  ‘युवराजले डिप्रेसनको दबाइ खाँदै गरेको खुलेको छ’, एस...
धनकुटामा बालिका गरिमा चौधरीको सम्झना गर्दै महिलाहरूले गरे श्रद्धाञ्जली सभा

धनकुटामा बालिका गरिमा चौधरीको सम्झना गर्दै महिलाहरूले गरे श्रद्धाञ्जली सभा

धनकुटा । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाप्रति विरोध जनाउदै आज धनकुटामा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरिएको छ । धनकुटेली महिलाहरूले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा र आपसी सद्भावको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । कार्यक्रममा महिलाहरूले बालिका हत्याको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरूले ‘गरिमालाई न्याय देऊ, बलात्कारीलाई...
उपभोक्ताको गुनासोपछि धनकुटाको हिले र पाख्रीबासका ग्यास डिलरमा अनुगमन

उपभोक्ताको गुनासोपछि धनकुटाको हिले र पाख्रीबासका ग्यास डिलरमा अनुगमन

धनकुटा । धनकुटाको हिले र पाख्रीबास बजारका ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ । खाना पकाउने ग्यास अभावको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन् । बजारमा ग्यासको अभाव र बढी मूल्यमा बिक्री गरेको गुनासो बढेपछि अनुगमन गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । अनुग...
सेवाग्राहीको गुनासोपछि धनकुटाका होटल तथा लजमा अनुगमन

सेवाग्राहीको गुनासोपछि धनकुटाका होटल तथा लजमा अनुगमन

धनकुटा । धनकुटा बजारको हुलाक टोलमा सञ्चालित होटल तथा लजहरूमा छड्के अनुगमन गरिएको छ । सेवाग्राहीहरूको गुनासोपछि बजारमा सञ्चालित करिब आधा दर्जन होटल तथा लजहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा होटलको भान्सा सरसफाइ नभएको, खाने कुरा व्यवस्थापन नभएको, मूल्य सूची टाँस नगरिएको र आवश्यक मापदण्ड विपरीत सञ्चालन गरिएको लगायतका कैफियत पाइएको छ । यस्तै होटलमा रहेका कोठा तथा बेड व्यवस्थापन तथा सरसफाइ नभए...
धनकुटा उद्योग वाणिज्य संघ : पदाधिकारी चयनका लागि दुई प्यानल चुनावी मैदानमा

धनकुटा उद्योग वाणिज्य संघ : पदाधिकारी चयनका लागि दुई प्यानल चुनावी मैदानमा

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघमा अध्यक्षसहित पदाधिकारी पदका लागि प्यानल मै प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा कृष्णराज श्रेष्ठ र रामबहादुर रायासहित अन्य पदमा प्यानलनै भिड्ने भएका हुन् । निर्वाचन प्रक्रिया अघि बढेसँगै केही पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन् भने अध्यक्षसहित अन्य पदमा निर्वाचन हुने भएको छ । वाणिज्य संघमा पदाधिकारीतर्फ महासचिवमा उज्वल कर्माचार्य निर्विरोध निर्वाचित भएका...
धनकुटाका ओमबहादुरको शव गौँथली भीरमा भेटियो

धनकुटाका ओमबहादुरको शव गौँथली भीरमा भेटियो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ हिलेखर्कका ३८ वर्षीय ओमबहादुर रानामगरको शव गौँथली भीरमा फेला परेको छ । साउन २९ गतेदेखि सम्पर्कविहीन भएका उनको शव सोमबार निकालिएको हो । वास्तु पूजामा सहभागी हुन साउन २९ गते घरबाट निस्किएका रानामगर सोही दिन राति ९ बजेसम्म सम्पर्कमा थिए । त्यसपछि सम्पर्कविहीन भएका उनको खोजी भइरहेको थियो । आफन्त तथा स्थानीयले खोजतलास गर्दा फेला नपरेपछि घटनाबारे प्रहरीलाई जा...
धनकुटाको मुलघाटबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाको मुलघाटबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

धनकुटा । धनकुटामा प्रहरीले मोटरसाइकलमा सवार दुई जना युवालाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । आइतबार दिउँसो ४ः३० बजे धनकुटा नगरपालिका-९ मुलघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकेर चेकजाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध बरामद भएसँगै मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ बालमन्द...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ पाख्रीबास नगरपालिका-४ बाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय निरज भट्टराई र १८ वर्षीय आसन बरुवाल छन् । उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट ट्रामाडोल १३० क्याप्सुल र स्पास्पेन १३० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।उ...
अपडेट : धनकुटामा बस दुर्घटना हुँदा तीन जना घाइते

अपडेट : धनकुटामा बस दुर्घटना हुँदा तीन जना घाइते

धनकुटा । धनकुटामा आज बिहान करिब ११ः१५ बजे भएको बस दुर्घटनामा तीन जना घाइते भएका छन् । साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा भएको दुर्घटनाका घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । दुर्घटनामा तेह्रथुमको छथर गाँउपालिका-१ की अन्दाजी ११ वर्षीया नुमा लिम्बु, छथर गाँउपालिका-४ का अन्दाजी ६९ वर्षीय कविराज थापा र सोही स्थानकी अन्दाजी ५६ वर्षीया शुकमाया लि...
धनकुटाको चारखोले गोलाइमा बस दुर्घटना

धनकुटाको चारखोले गोलाइमा बस दुर्घटना

धनकुटा । धनकुटामा बस दुर्घटना भएको छ । साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाइमा अहिले केहीबेरअघि बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । थप विवरण आउन बाँकी छ । अपडेट : धनकुटामा बस दुर्घटना हुँदा तीन जना घाइते
धनकुटामा जलाइयो १५ सय किलो गाँजा र १८ सय थान प्रतिबन्धित ट्याब्लेट

धनकुटामा जलाइयो १५ सय किलो गाँजा र १८ सय थान प्रतिबन्धित ट्याब्लेट

धनकुटा । धनकुटा प्रहरीले विभिन्न समयमा बरामद गरेको एक हजार पाँच सय २१ किलो गाँजा र प्रतिबन्धित लागूऔषधको एक हजार आठ ९७ थान ट्याब्लेट जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले आज धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदी किनारमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद लागूऔषध नष्ट गरेको हो । विभिन्न युनिटले चेकजाँच तथा अनुसन्धानका क्रममा फरक-फरक समयमा बरामद गरेको गाँजा र प्रतिबन्धित औषध...
धनकुटामा कोदो खेती विस्तारका लागि वैज्ञानिक परीक्षण

धनकुटामा कोदो खेती विस्तारका लागि वैज्ञानिक परीक्षण

धनकुटा । धनकुटामा कोदो खेती विस्तारका लागि बारीमा जातीय परीक्षण सुरु गरिएको छ । आधुनिक जीवनशैली र अन्य विभिन्न कारणले लोप हुँदै गएको कोदो खेतीका लागि जातको वैज्ञानिक परीक्षण सुरु गरिएको हो । धनकुटा नगरपालिका-८ खम्बेलामा विभिन्न जातका कोदो रोपेर परीक्षण सुरु गरिएको छ । हाईकास परियोजना इसिमोडको सहयोगमा वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार तथा विकास केन्द्रले कोदोको विभिन्न जात रोपेको हो । खाम...
धनकुटाको नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको रणनीतिक योजना तर्जुमा कार्यशाला

धनकुटाको नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको रणनीतिक योजना तर्जुमा कार्यशाला

धनकुटा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नाम्जेमा क्षमता विकास तथा तीन वर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ । नाम्जे थुम्की सामुदायिक होमस्टेमा आजबाट कार्यशाला सुरु भएकाे हाे । कार्यशाला साउन २८ गते सम्पन्न हुने छ । शिक्षा विकास निर्देशानलय धनकुटाका निर्देशक कृष्ण प्रसाद...
महिलाहरूले धानेको धनकुटाको बिहीबारे हटिया

महिलाहरूले धानेको धनकुटाको बिहीबारे हटिया

धनकुटा । धनकुटामा साप्ताहिक रूपमा बिहीबारे हटिया लाग्दछ । तल्लो र माथिल्लो कोप्चे छेउमा लाग्ने बिहीबारे हटिया भर्न छिमेकी पालिकाबाट समेत मानिसहरू आउँछन् । यो हटिया विशेष गरेर महिलाहरूले नै धानेका छन् । करेसा बारीमा सिजन अनुसार उत्पादन भएका सागसब्जी, फलफूल, खाद्यान्न तथा सालको पात, दाउरा लगायत बेच्न महिलाहरूनै हटिया आउने गरेका छन् । ११ वर्षको उमेरदेखि हटिया आउन थालेकी थाममती राई अहिले ८२ वर्षकी ...
धनकुटाबाट बेवारिसे भरुवा बन्दुक बरामद

धनकुटाबाट बेवारिसे भरुवा बन्दुक बरामद

धनकुटा । धनकुटाबाट प्रहरीले एक नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले आज बिहान करिब १०ः२० बजे भरुवा बन्दुक बरामद गरेको हो । साँगुरीगढी गाउँपालिका-८ हर्चुवा स्थित खहरे खोल्सीको ढुङ्गाको चेपबाट वेवारिसे भरुवा बन्दुक बरामद गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । बरामद बन्दुक जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । बन्दुक कसले राखेक...
साउनको अन्तिम सोमबार : धनकुटाको विश्रान्तिमा भक्तजनको भिड (फोटो फिचर)

साउनको अन्तिम सोमबार : धनकुटाको विश्रान्तिमा भक्तजनको भिड (फोटो फिचर)

धनकुटा । आज साउनको अन्तिम सोमबार, देशैभरसँगै धनकुटाका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । धनकुटाको मूलघाट स्थित विश्रान्ति मन्दिर, पाख्रीबासको शिव मन्दिर र लेगुवाको नागेश्वर शिवालय मन्दिरमा भक्तजनको भिड लागेको छ । साउने सोमबारमा भगवान शिवको पुजा आराधना गर्न बिहानैदेखि भक्तजनहरूको भिड लागेको हो । विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार यहाँ ...
अरुण करिडोर निर्माणले तीव्रता पायो, भोजपुर र संखुवासभासँग तराईको दूरी छोटिने

अरुण करिडोर निर्माणले तीव्रता पायो, भोजपुर र संखुवासभासँग तराईको दूरी छोटिने

धनकुटा ।  पहाडलाई तराईसँग जोड्ने अरुण करिडोर निर्माणको कामले तीव्रता पाएको छ ।  तराईबाट धनकुटा हुँदै भोजपुर र संखुवासभा जोड्ने ६५ किलोमिटर सडक निर्माणको कामले तीव्रता पाएको हो । सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटाको सहिदभूमि गाउँपालिका र पाख्रिबास नगरपालिकास्थित माङ्माया डाँडासम्म सडक निर्माण भइरहेको छ । आयोजना अन्तर्गत ४५ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी करिब एक अर्ब रुपैयाँ लागतमा निर्मा...
धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त

धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-४ घर भएका कवि तथा साहित्यकार रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १९ गते परियारलाई प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त गरेको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको निर्णयबाट नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल संग...
धनकुटामा गुडिरहेको अटोमा आगो लागेपछि…

धनकुटामा गुडिरहेको अटोमा आगो लागेपछि…

धनकुटा । धनकुटा नगरपालिका-१ त्रिशुलेमा गुडिरहेको अटोमा आगलागी भएको छ । आगलागीबाट अटो पूर्णरुपमा जलेर नष्ट भएको छ । कोशी लोकमार्गमा शनिबार हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ८१७७ नम्बरको अटोमा अचानक आगलागी भएको हो । अटोमा आगलागी भएको सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । अटोमा चालकसहित चार जना सवार थिए । चारै जना सकुशल रहेका प्रहरीले जनाए...
कालोबजारी रोक्न धनकुटा बजारका ग्यास डिलरमा अनुगमन

कालोबजारी रोक्न धनकुटा बजारका ग्यास डिलरमा अनुगमन

धनकुटा । धनकुटामा खाना पकाउने ग्यासको अभाव हुन थालेपछी डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा ग्यास डिलरको अनुगमन गरेका हुन् । अनुगमन टोलीले धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलरहरूको अनुगमन गरको छ । अनुगमनका क्रममा डिलरहरूमा ग्यासको आपूर्ति कम भएको, कम्पनीले आवश्यक भन्दा कम ग्यास पठाएको, अन्य कम्पनीले ...
काठमाडौं पुग्छ धनकुटाका शिवबहादुरले बनाएको कुराउनी

काठमाडौं पुग्छ धनकुटाका शिवबहादुरले बनाएको कुराउनी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ डाँडागाउँका शिवबहादुर बस्नेतले कुराउनीबाट राम्रो आम्दानी गर्दै आएका छन् । गाउँमै संकलन गरेको दूधबाट बनाएको कुराउनी बस्नेतले स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री गर्छन् । उनको दैनिकी हरेक बिहान दूध संकलनबाट सुरु हुन्छ । त्यसपछि ठूलो फलामे कराईमा दूध घण्टौँसम्म तताउँदै चलाउँदै कुराउनी बनाएर प्याकिङ गर्ने र ग्राहकसम्म पठाउनु उनको दैनिकी हो । उनले स्थानीय ब...
उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८६ प्रतिशत मुद्दा फछर्यौट

उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८६ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष २०८२/०८३ मा ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । अदालतले ३ सय ६० थान मुद्दामध्ये ३ सय १० अर्थात् ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको हो । अदालतमा एक वर्षभन्दा पुराना मुद्दा नरहेको र सरकारवादी फौजदारी मुद्दा अन्तरगत जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदमा मुद्दा बढी दर्ता भएको अदालतले जनाएको छ । उच्च अदालत विर...
धनकुटाबाट ६४७ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

धनकुटाबाट ६४७ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

विराटनगर । धनकुटाबाट ६४७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट आज बिहान करिब ५ः३० बजे उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-३ का २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमि गाउँपालिका-१ का ३६ वर्षीय तुलराम राई छन् । कोशी लोकमार्गबाट विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परे...
धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेद र गाँजा सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्ष सम्बन्ध विच्छेदका सबैभन्दा बढी ३५२ मुद्दा दर्ता भएका हुन् । यस्तै लागूऔषध गाँजा सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएका जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिशचन्द्र इङ्नामले बताए । लागूऔषध ब्राउन सुगर सम्बन्धी १८ र अन्य लागू...
धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । धनकुटा नगरपालिका-१ हिले क्याम्पस छेउबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ शंकास्पद रूपमा बाटोमा हिँडिरहेका पाख्रीबास नगरपालिका-७ मुगा टोलका ३२ वर्षीय हरि तामाङलाई प्रहरीले पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट एक ग्राम ब्राउन सुगर बरामद भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको साथमा भएको मोबाइल समेत प्रहर...
पुर्खौली पेसालाई आधुनिक प्रविधिसँग जोड्दा फेरिएको धनकुटाको कटहरे गाउँ

पुर्खौली पेसालाई आधुनिक प्रविधिसँग जोड्दा फेरिएको धनकुटाको कटहरे गाउँ

धनकुटा । परम्परागत सीपलाई व्यवसायिक बनाएपछि धनकुटाको घोर्लीखर्कस्थित कटहरे गाउँको दैनिकी फेरिएको छ । पुर्खौली पेसालाई आधुनिकीकरणसँगै व्यवसायिक बनाउँदा आर्थिक र सामाजिक अवस्था पनि सबल बन्दै गएको छ । परम्परागत आरनबाट घरायसी प्रयोगका लागि फलामका विभिन्न औजार बनाउँदै आएको समुदायले प्रविधिको विकाससँगै सीपलाई थप सहज बनाउँदै लगेको हो । पाख्रीबास नगरपालिका-५ घोर्लीखर्कस्थित कटहरे गाउँका २३ घरपरिवारले ...
error: Content is protected !!