साँगुरीगढीमा जनप्रतिनिधि र कर्मचारीबीच लफडा, यस्तो छ कारण

साँगुरीगढीमा जनप्रतिनिधि र कर्मचारीबीच लफडा, यस्तो छ कारण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच लफडा भएको छ । वडा नम्बर १ का वडाध्यक्ष गोविन्द लिम्बु र गाउँपालिकाका योजना अधिकृत दोर्णबहादुर राईबीच लफडा भएको हो । वडाध्यक्ष लिम्बुले कर्मचारी राईको कुटपिटबाट हातको औँला भाँचिएको दाबी गरेका छन् भने कर्मचारी राईले वडाध्यक्षले मुक्का प्रहार गर्दा दुई वटा दाँत हल्लिएको दाबी गरेका छन् । बुधबार दिउँसो कार्यकक्षमा काम गरिरहेको अवस्...
साँगुरीगढी गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा किन भयो तालाबन्दी ?

साँगुरीगढी गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा किन भयो तालाबन्दी ?

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईको कार्यकक्षमा गरिएको तालाबन्दी खोलिएको छ । नेकपा एमाले गाउँ सभा दलले विभिन्न माग राख्दै बुधबार अध्यक्ष राईको कार्यकक्षमा तालाबन्दी गरेको थियो । जनमतको आधारमा समन्वय, सहकार्य र सह-अस्तित्वको आधारमा स्थानीय सरकार सञ्चालन गरिनुपर्ने, बहुमत सदस्यको निर्णय कार्यान्वयन गरिनुपर्ने, विद्यालय कर्मचारी र ई.सि.डी. मा कार्यरत कर्मचारीको सरकारल...
धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्ने किरात राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरूले नयाँ बाली भित्र्याएको खुशियालीमा पापानी चाड मनाउने गरेका छन् । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि गाउँपालिका-३ स्थित साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुन्छ । पापानी चाडमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना ...
धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका-७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्को...
धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान कार्यलयको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । फेस्र सेमेन (बंगुरको ताजा वीर्य) संकलन गरी बंगुरमा गरिने कृत्रिम गर्भाधारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । पाख्रीबासमा कालो बंगुरको अनुवांशिक शुद्धता र बंगुरपालक किसानको सुविधाका लागि कृत्रिम गर्भधारण सेवा २०७८ सालदेखि सुरु भएको हो । प्रयोगशाला व्यवस्थापनपछि ...
धनकुटाको अनौठो पौराणिक घर, संरक्षण अभावमा जीर्ण बन्दै

धनकुटाको अनौठो पौराणिक घर, संरक्षण अभावमा जीर्ण बन्दै

धनकुटा । धनकुटा नगरपालिका-२ स्थित सल्लेरी सामुदायिक बनभित्र एक अनौठो घर छ । जंगलमा ओडार र गुफा देख्नेहरूलाई पनि यसले अच्चम्मित तुल्याउँछ । कारण, भीरको ढुंगा मुनि गौँथलीको गुँडजस्तै देखिने घरमा मानव शरीरका हड्डीहरू छन् । उक्त घरमा कुनै समय पञ्चकन्या आएर बसेको किम्वदन्ती छ । रातको समयमा टुकी बालेर बस्दा दुस्मनले साँगुरीगढी आसपासबाट बाण हानेर उनीहरूलाई मारेको किम्वदन्ती रहेको स्थानीय रणबहादुर बस्...
धनकुटाको औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुईजना पक्राउ

धनकुटाको औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-६ गोठगाउँका तिलक भुजेल र मौसम राई छन् । लागूऔषध कारोबार भइरहेको भन्ने विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार भुजेलले बोकेको झोलाबाट विभिन्न किसिमका लागूऔषध बरामद भएको छ । पक्राउ परेका द...
जुत्ता-चप्पल बनाउने धनकुटाका घरेलु उद्योग सङ्कटमा 

जुत्ता-चप्पल बनाउने धनकुटाका घरेलु उद्योग सङ्कटमा 

धनकुटा । धनकुटामा सञ्चालित जुत्ता-चप्पल बनाउने घरेलु उद्योग सङ्कटमा परेका छन् । रेडिमेट जुत्ता-चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा करिब ४ दशक अघिदेखि जुत्ता-चप्पल बनाउँदै आएका घरेलु उद्योग सङ्कटमा परेका हुन् । धनकुटा नगरपालिका-७ संगम टोलमा सञ्चालित अधिकांश जुत्ता-चप्पल बनाउने उद्योग बन्द भइसकेका छन् । भएका पनि सङ्कटमा परिसकेका छन् । कुनै बेला ती उद्योगमा जुत्ता-चप्पल किन्नेको भीड लाग्थ्यो । तर अह...
धनकुटामा आजबाट वाडाङ्मेट कोप्चे फेस्टिभल 

धनकुटामा आजबाट वाडाङ्मेट कोप्चे फेस्टिभल 

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियामा वाडाङ्मेट कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका, आठपहरिया समुदाय र कोप्चे पुनः जागरण अभियानको संयुक्त आयोजनामा आजबाट फेस्टिभल सुरु हुन लागेको हो । मौलिक कला, संस्कृति संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका लागि फेस्टिभल गर्न लागिएको हो । नेपाल पर्यटन बोर्ड र सामुदायिक घरबास कार्यक्रमले फेस्टिभलमा सहयोग गर्ने जनाइएको छ । फेस्टिभलमा स्था...
धनकुटाको करदाता कार्यालय नहटाउन माग गर्दै वाणिज्य संघले बुझायो ज्ञापनपत्र

धनकुटाको करदाता कार्यालय नहटाउन माग गर्दै वाणिज्य संघले बुझायो ज्ञापनपत्र

धनकुटा । धनकुटाको करदाता सेवा कार्यालय नहटाउन माग गर्दै उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको छ । सरकारले हालसालै गरेको निर्णय अनुसार कार्यालय हटाउने प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो । सो प्रक्रियालाई तत्कालै रोक्नुपर्ने माग गर्दै वाणिज्य संघले आज धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ...
धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित

धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित

धनकुटा । धनकुटामा डेरी उद्योग थपिन थालेका छन् । पछिल्लो समय व्यवसायी छुर्पी उत्पादन बढेसँगै डेरी उद्योग पनि थपिन थालेका हुन् । घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग थपिएपछि रोजगारी पाउने युवाको संख्या बढ्न थालेको छ । डेरी उद्योगबाट घ्यू, चिज, पनिर र खुवा लगायत पनि उत्पादन हुँदै आएको छ । नेपालीको सेनाको जागिरबाट अवकाश भएपछि छुर्पी उत्पादनमा लागेका महालक्ष्मी नगरपालिका-१ का रामबहादुर पौडेलले आ...
धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

विराटनगर । धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैधरूपमा रोपिएको तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरेर नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग गाँजाका बोट नष्ट गरिएको हो । धनकुटाको सहिदभूमि गाउँपालिका-२ का विभिन्न स्थानबाट प्रहरीले ९ हजार ५ सय गाँजाका बोटहरू फडानी गरी जलाएर नष्ट गरेको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिकाको बिभिन्...
पाख्रीबासको राम्चेडाँडा पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

पाख्रीबासको राम्चेडाँडा पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ मा अवस्थित राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय राम्चेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । जिल्ला सदरमुकामबाट करिब २१ किलोमिटरको दूरीमा अवस्थित राम्चेडाँडाबाट कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाको अवलोकन गर्न सकिन्छ । यस्तै यहाँबाट तराईका समथर फाट समेत देखिन्छन् । अरुण उपत्यका, मकालु र गौरीशङ्कर हिमालसँगै यस स्थान...
छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा सवार गाडीले ठक्कर दिँदा दुई निस्कासन गरिएका कर्मचारी घाइते भएका छन् । नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर आपत्ति जनाएको छ । कात्तिक १७ गते सोमबार निस्कासनमा परेका कर्मचारीहरूले भेटवार्ताका लागि अध्यक्षसँग समय मागी कार्यालय परिसरमा जम्मा भएका थिए । तर अध्यक्ष सुब्बाले उनीहरूलाई भेट्ने समय...
वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

धनकुटा । चक्रवात ‘मोन्था’ को प्रभावका कारण केही दिनअघि परेको अविरल वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख बराबरको क्षति पुगेको हो । कात्तिक १२ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । २ हजार ५ सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजा...
धनकुटाका दुई वडाध्यक्ष : जनताको सेवासँगै निरन्तर कृषिकर्ममा रमाउँदै

धनकुटाका दुई वडाध्यक्ष : जनताको सेवासँगै निरन्तर कृषिकर्ममा रमाउँदै

धनकुटा । धनकुटामा दुई जनप्रतिनिधिले सफल कृषकको पहिचान बनाएका छन् । लगानी, मेहनत र आम्दानी बढाउँदै गएसँगै उनीहरूले कृषि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका हुन् । धनकुटा नगरपालिका-२ स्थित भिरगाउँका चन्द्रलाल तामाङ र महालक्ष्मी नगरपालिका-१ घुमाउनेका टेक बहादुर गुरुङ वडाध्यक्ष हुन् । उनीहरूले दोस्रो कार्यकाल पनि वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । जनताको कामसँगै उनीहरू लामो समयदेखि कृष...
छथर जोरपाटीका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

छथर जोरपाटीका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गत असोज २१ गते अस्थायी र करार कर्मचारीको सम्झौता रद्द भएपछि निकालिएका कर्मचारीहरूले तालाबन्दी गरेका हुन् । निकालिएका अस्थायी र करार सम्झौताका कर्मचारीले असोज २६ गते प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर घिमिरेलाई चार बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । तर माग सम्बोधन नभएपछि त...
धनकुटाका ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै गोबर ग्यास

धनकुटाका ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै गोबर ग्यास

धनकुटा । धनकुटाका ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रभावकारी बन्दै गएको छ । गोबर ग्यासबाट दोहोरो फाइदा लिन सकिने भएपछि ग्रामीण क्षेत्रमा यो प्रविधि निकै प्रभावकारी बन्दै गएको हो । गाई, भैंसीको गोबरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज हुने भएकाले किसानलाई दोहोरो फाइदा पुगेको छ । ग्रामीण भेगमा एलपी ग्यास भन्दा प्रभावकारी गोबर ग्यास भएको धनकुटाका लाखमान तामाङले बताए । ‘ग्रामी...
धनकुटा नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा

धनकुटा नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा

धनकुटा । धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा दिएको छ । धनकुटा नगरपालिका भित्र मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेटको मुख्य दिन कात्तिक १९ र २० गते दुईदिन स्थानीय बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचना अनुसार स्थानीय बिदाका दिन अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुनेछन् । उक्त दिन नगर कार्यपालिकाको कार्यालय (अत्यावश्यक सेवा बाहेक), वडा...
धनकुटाका आठपहरियाको मुख्य चाड वाडाङ्मेट सुरु

धनकुटाका आठपहरियाको मुख्य चाड वाडाङ्मेट सुरु

धनकुटा । धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेट सुरु भएको छ । आठपहरियाको ५२ चुले घरमा माङ्लाङ् उठाएपछि मुख्य चाड वाडाङ्मेट सुरु भएको हो । आठपहरिया जातिले बैशाखे, भदौरे र मंसिरे गरी तीनवटा चाड मनाउने गर्दछन् । जसमध्ये वाडाङ्मेट अर्थात मंसिरे चाडलाई विशेष महत्वका साथ मनाउने गरेका छन् । मुख्यगरी धनकुटामा मात्रै बसोवास गर्ने आठपहरियाहरू वर्षभरिमा दिवङ्गत भएका आफ्ना आफन्तको सम्झना...
धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सडक सुचारु

धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सडक सुचारु

धनकुटा । अविरल वर्षाका कारण भासिएको धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सवारी-साधन सुचारु भएका छन् । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ स्थित कोशी लोकमार्गको १० मिटर सडक भासिएको थियो । ‘साना गाडीहरू एकतर्फी सञ्चालन भएका छन्’, धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले संगालोखबरसँग भने, ‘ठूला गाडीहरू सञ्चालन हुन सकेका छैनन् ।’ भासिएको सडकलाई सुचारु गर्न जेसिबीको सहायताले भित्तातिर...
अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका किसान चिन्तित

अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका किसान चिन्तित

धनकुटा । अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका कृषक चिन्तित भएका छन् । व्यवसायिक खोर्सानी खेती गर्दै आएका किसान उचित मूल्य नपाउँदा मारमा परेका हुन् । गतवर्ष अकबरे खोर्सानी प्रतिकिलो ३ देखि ४ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । तर यसवर्ष प्रतिकिलो १ देखी १ सय ८० रुपैयाँसम्ममा मात्रै बिक्री भइरहेको कृषक प्रदिप ओझाले बताए । उनले ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लगाएका छन् । खोर्सानी उत्...
भासियो धरान–धनकुटा सडक 

भासियो धरान–धनकुटा सडक 

धनकुटा । अविरल वर्षाका कारण धरान-धनकुटा सडक भासिएको छ । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ चारखोले गोलाइमा कोशी लोकमार्गको १० मिटर सडक भासिएको हो । सडक भासिएपनि एकतर्फी सडक सुचारु रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरीको टोली पुगेको छ । कोशी पहाडी जिल्लाका विभिन्न स्थानका सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएका छ...
अविरल वर्षाका कारण रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध

अविरल वर्षाका कारण रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका-५ लुम्फाजुङस्थित निर्माणाधीन रवि-राके-भेडेटार भित्री सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो झर्दा सडक अवरुद्ध भएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार २० मिटर सडक भासिएको छ भने माथिबाट पहिरो खसेको छ । जसका कारण दुईतर्फी सडक अवरुद्ध भएको उनले जानकारी दिए । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कोशी प्रदेशसहित दे...
धनकुटामा बस दुर्घटना

धनकुटामा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–९ तीनघुम्तीमा बस दुर्घटना भएको छ । दमकबाट दिक्तेल जाँदै गरेको प्र १-०२-००१ ख ९५१९ नम्बरको बस आज बिहान करिब ८ः४५ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी एक जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका-३ की ५५ वर्षीया मिना गुरुङ छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । बसमा २७ जना यात्रु सवार थिए । बाँकी सबै सकुशल रहेको...
वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

विराटनगर । चक्रवात ‘मोन्था’ को प्रभावले निरन्तर वर्षा हुँदा आएको बाढी र पहिरोका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर-ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द रहेको प्रहरीले जनाएको  छ । मोन्थाको प्रभावले कोश...
चक्रवात ‘मोन्था’ को प्रभाव : धनकुटा नगरका विद्यालय आज बन्द

चक्रवात ‘मोन्था’ को प्रभाव : धनकुटा नगरका विद्यालय आज बन्द

धनकुटा । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ को प्रभावका कारण धनकुटा नगरपालिका विद्यालय आज बन्द गरिएको छ । निरन्तरको वर्षाका कारण विद्यालय र विद्यार्थीहरूमा पर्ने जोखिमको मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । ‘आगामी दिनमा मौसमको प्रतिकूलता हेरी बिदाको व्यवस्था गर्न हुन अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा भनिएको छ । यस्तै प्रधानाध्...
पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय

पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै चक्रवात ‘मोन्था’ को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको हो । नगर प्रमुख ज्ञानबहादुर गुरुङले जारी गरेको सूचना अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि मंगलबारसम्म विद...
धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटा । नरिवल बिस्कुट धनकुटाको पहिचान बन्दै गएको छ । धनकुटामा उत्पादन हुने नरिवल बिस्कुट जो-कोहीले पनि कोसेलीका रूपमा लैजाने गरेका छन् । बाहिरी जिल्लाबाट धनकुटा आउने पाहुनाहरूले फर्कने समयमा नरिवल बिस्कुट लैजाने गरेका कारण बिक्री वितरण पनि राम्रो छ । धनकुटा नगरपालिका-४ देव्रेबासका स्वर्गीय विश्वेश्वरमान श्रेष्ठले २००८ सालमा मोहन बिस्कुट उद्योगको स्थापना गरेको इतिहास छ । देव्रेबासमा चिया पसल ग...
दुई महिनामै सरुवा भए धनकुटाका सीडीओ

दुई महिनामै सरुवा भए धनकुटाका सीडीओ

धनकुटा । धनकुटाको प्रमुख जिल्ला अधिकारी भएर आएको दुई महिनामै सरुवा भएका शिवराम गेलाललाई बिदाइ गरिएको छ । धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएका गेलाललाई बुधबार बिदाइ तथा सम्मान गरिएको हो । गेलाल दुई महिना अघि दोलखाबाट सरुवा भएर धनकुटा आएका थिए । धनकुटाबाट बिदा हुँदै गर्दा गेलालले धनकुटालाई कहिल्यै नबिर्सिने र आफूले विकास र समृद्धिको लागि सँधै सहयोग गर्ने बताए । गृह मन्त्रालय...
छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित

छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको छ । अस्थायी र करार सेवामा नियुक्त गरिएका स्वास्थ्यकर्मी, शिक्षक लगायत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको हो । कर्मचारी हटाएपछि वडा नम्बर २ र ५ का चार वटा स्वास्थ्य चौकी बन्द भएका छन् । जसबाट स्थानीय बिरामी हुँदा सामान्य उपचार र आवश्यक औषधि समेत पाउन सकेका छैन...
error: Content is protected !!