
धनकुटा । धनकुटा नगरपालिका-१ स्थित तोङवा चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ का २७ वर्षीय शान्तिराम थापा नियन्त्रणमा लिएको हो ।
उनको साथबाट ५४० मिलिग्राम ब्राउन सुगर बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । यस्तै ट्रामाडोल ७ क्याप्सुल र स्पास्पेन ७ ट्याब्लेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 



















