संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ सेल्फीडाँडामा आज इभी गाडी र ट्याङ्कर जुध्दा दुई जना घाइते भएका छन् ।

धरानबाट तेह्रथुम जाँदै गरेको प्र.१-०२-००१ ज ४४४१ नं. इभी गाडी र विपरित दिशाबाट आउँदै गरेको को १ ख ७५२० नं.को ट्याङ्कर बिहान करिब ११ः३० बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी इभी चालक तेह्रथुमको फेदाप गाउँपालिका-१ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिका-३ चम्तामका ३८ वर्षीय कुलप्रसाद थापा घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनापछि इभी, ट्याङकर र ट्याङकर चालक मोरङको पथरीशनिश्चरे-८ मिलन  चोकका ३८ वर्षीय कृष्णकुमार मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!