धनकुटाको प्रदेश सङ्ग्रहालय ओझेलमा
धनकुटा । धनकुटा नगरपालिका-६ मा रहेको प्रदेश सङ्ग्रहालय ओझेलमा परेको छ । उचित व्यवस्थापन, प्रचार-प्रसार र संरक्षणको अभावमा सङ्ग्रहालय ओझेलमा परेको हो । यसलाई चलायमान बनाउन सरोकारवालाहरूले पनि बेवास्ता गर्दा अवलोकनमा आउनेहरूको संख्या पनि न्यून छ ।
सङ्ग्रहालय धेरै पुराना तथा लोप हुन लागेका विभिन्न सामग्रीहरू संरक्षण गरेर राख्ने ठाउँ हो । जहाँ जो-कोहीलाई पनि एक पटक गएर अवलोकन गर्ने चाहना हुन्छ । तर...































