धनकुटामा बस दुर्घटना
धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा बस दुर्घटना भएको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।
बसमा कति जना यात्रु थिए भन्ने खुल्न बाँकी छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्...




























