धनकुटा बजारमा कुकुरले डुलाउँदै गर्दा भेटियो मान्छेको मृत भ्रूण
धनकुटा । धनकुटा नगरपालिका-७ यलम्बर चोकमा आज मान्छेको मृत भ्रूण फेला परेको छ । यलम्बर चोकस्थित सडकमा करिब तीन महिनाको गर्भावस्थाको बच्चा मृत अवस्थामा फेला परेको हो ।
आज बिहान करिब ९ बजे कुकुरले डुलाउँदै गरेको अवस्थामा मृत भ्रुण फेला परेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । ‘हामीले कानुनी प्रकृया अनुसार भ्रूणलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगेका छौँ,’ प्रहरी निरीक्षक खड्क...






























