सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा बजारमा दशैँको किनमेलका लागि उपभोक्ताको भीड बढेको छ । गाउँघरबाट दशैँको सामान किन्न आउने उपभोक्ता बढेसँगै व्यापारीहरू पनि उत्साहित भएका छन् ।

सामान किनबेचका लागि आएका व्यापारी तथा उपभोक्ताका कारण बजारका मुख्य चोक तथा पसलहरूमा बाक्लो भीड लागेको छ । गाउँघरबाट खाद्यान्न, लत्ताकपडा तथा खसीबोका बेचबिखनका लागि आउनेको संख्या पनि बढेको छ ।

Advertisement

गतवर्षको तुलनामा यसवर्ष चहलपहल बढेको स्थानीय व्यापारी विक्रम पौडेलले बताए । चहलपहल बढेपनि व्यापारमा कमी आउने सम्भावना रहेको उनको भनाइ छ ।

एक वर्षमा हुने कारोबार मध्ये दशैंमा मात्रै करिब ४० प्रतिशत हुने व्यापारीहरू बताउँछन् । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक पर्ने खाद्यान्न लगायतका सामान आपूर्तिमा सहज बनाइने बताए ।

‘दैनिक उपभोग्य बस्तु आयात र निर्यातका लागि व्यवसायीहरूसँग समन्वय गरेर सर्वसुलभ ढङ्गले बेच आग्रह गरेका छौँ’, उनले भने, ‘पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह गरेका छौँ । यस्तै सामान धेरै भण्डारण नगर्न र म्याद सकिएका सामान नबेच्न पनि अनुरोध गरिरहेका छौँ ।’

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!