सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । केही दिनअघिसम्म भीडभाड र चहलपहलले भरिएको धनकुटा बजार अहिले सुनसान बनेको छ । दशैँ मनाउन गाउँ फर्किनेको संख्या बढेसँगै धनकुटा बजार चकमन्न बनेको हो ।

जिल्ला सदरमुकाम धनकुटामा प्रायः कर्मचारी, विद्यार्थी र विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताले भरिने गर्छ । रोजगारी, अध्ययन र व्यापारिक गतिविधिका कारण सामान्य दिनमा भीड हुने बजार दशैँका कारण सुनसान बन्न थालेको छ ।

Advertisement

शुक्रबारदेखि नै बजारमा चहलपहल घटेको छ । गाउँगाउँबाट किनमेलका लागि आउने संख्या पनि घटेको छ । भोजपुर, संखुवासभा, तेह्रथुम र तराईका जिल्लाका विद्यार्थी र व्यापारी धनकुटामा बस्ने गरेका भए पनि हाल उनीहरू घर फर्किएका छन् ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!