धनकुटाको भेडेटारमा फुड फेस्टिभलको रौनक

धनकुटाको भेडेटारमा फुड फेस्टिभलको रौनक

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अहिले फुड फेस्टिभलको रौनक छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हरेक बर्ष झै यो वर्ष पनि आयोजना गरिएको फुड फेस्टिभल अर्थात खाना महोत्सवले भेडेटारको चिसो मौसमलाई तताएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल एशोसिएसन भेडेटारले १२ औं भेडेटार फुड फेस्टिभल आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अन्तिम दिन मङ्गलबार कोशी ...
धनकुटाका ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पँहुच बाहिर

धनकुटाका ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पँहुच बाहिर

धनकुटा । धनकुटामा कुल जनसङ्ख्या मध्ये करिब ७७ प्रतिशत मानिस स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड धनकुटाका अनुसार कुल जनसङ्ख्या मध्ये २३ प्रतिशत मानिस मात्रै स्वास्थ्य बीमाको पहुँचमा छन् । एक लाख ५० हजार पाँच सय ९९ जनसङ्ख्या मध्ये ४९ हजार छ सय नौ जना मात्रै स्वास्थ्य बीमाको पहुँचमा छन् । जसमा २३ हजार नौ सय २८ पुरुष र २५ हजार छ सय ८१ जना महिला रहेका स्वास्थ्य बी...
सुरु भयो १२ औं भेडेटार फुड फेस्टिभल 

सुरु भयो १२ औं भेडेटार फुड फेस्टिभल 

धनकुटा । धनकुटाको भेडेटारमा आजबाट १२ औं फुड फेस्टिभल अर्थात् खाना महोत्सव सुरु भएको छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्‌घाटन गरेसँगै महोत्सव सुरु भएको हो । उद्‌घाटन समारोहमा बोल्दै मन्त्री मण्डलले प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को तयारी गरिरहेको बताए । पर्यटन क्षेत्रमा प्रदेश सरकारले विषेश प्राथमिकता दिएर काम गरिरहेको मन्त्री मण्डलको भनाइ थियो । ‘पर्यटकीय क्षेत...
धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

धनकुटा । धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौबिसे गाउँपालिका-२ का २५ वर्षीय मेख बहादुर लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको टोलीले सोमबार उनलाई नियन्त्रण लिएको हो । चौबिसे गाउँपालिका-६ राजारानीको मिकलुक होटलमा लगेर पुस ८ गते ...
लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

झापा । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । झापा, सुनसरी र धनकुटाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । चेक जाँचको क्रममा झापा बुद्धशान्ति गाउँपालिका-४ का २१ वर्षीय पर्शुराम राईलाई २ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । सुनसरीको बराह...
धनकुटाबाट भरुवा बन्दुक बरामद

धनकुटाबाट भरुवा बन्दुक बरामद

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ गुराँसे डाँडाबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । हिजो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नारायण बहादुर थापाको घरबाट बन्दुक बरामद गरेको हो । प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले गोठमा राखेको अवस्थामा भरुवा बन्दुकसहित पाँच सय ग्राम बारुद र एक सय ५० ग्राम छर्रा पनि बरामद गरेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । थापा फर...
धनकुटामा मोबाइल किन्दा गणेशले पाए टिभी उपहार

धनकुटामा मोबाइल किन्दा गणेशले पाए टिभी उपहार

धनकुटा । धनकुटाको मदन चोकस्थित मानव मोबाइल पसलमा मोबाइल किन्दा तेह्रथुमका गणेश पौडेलले टिभी उपहार पाएका छन् । दशैं अफरमा मोबाइल किनेका पौडेलले गोला प्रथाबाट टिभी उपहार पाएका हुन् । तेह्रथुमको छथर जोरपाटी गाउँपालिका-१ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका पौडेलले १३ हजार मूल्य बराबरको स्मार्टफोन किनेका थिए । दशैंदेखि छठपर्वसम्म विभिन्न उपहारको अफर ल्याएको सो पसलले पौडेललाई कुपन प्र...
झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

धनकुटा । धनकुटाकी साहित्यकार झमक घिमिरेलाई नेपाली प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले नगदसहित सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच प्रलेस केन्द्रिय समितिले साहित्यकार घिमिरेलाई नगदसहित सम्मान गरेको हो । नेपाली प्रगतिशील बाङ्मयको उन्नयनमा योगदान पुर्याएको भन्दै साहित्यकार घिमिरेलाई सम्मान गरिएको प्रलेसले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरा...
धनकुटाबाट ६ वर्षमा रोजगारीका लागि ५४ हजार विदेशिए

धनकुटाबाट ६ वर्षमा रोजगारीका लागि ५४ हजार विदेशिए

धनकुटा । धनकुटाबाट एक वर्षको अवधिमा छ हजार बढी वैदेशिक रोजगारीमा गएका छन् । आप्रवासी स्रोत केन्द्रले अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सरोकारवालाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा विदेशिनेको तथ्याङ्क सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८०/०८१ मा छ हजार तीन सय ५८ जना बैदेशिक रोजगारीमा गएका छन् । जसमा पुरुष पाँच हजार पाँच सय नौ र  महिला आठ सय ४९ जना रहेका छन् । केन्द्रको तथ्याङ्क अनुसार आर्थि...
धनकुटामा हायस दुर्घटना

धनकुटामा हायस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-३ निगालेमा हायस दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन् । आज दिउँसो १ बजेतिर तेह्रथुमबाट राजविराज तर्फ जाने क्रममा प्र २-०१-००१ ख ०३१० नम्बरको हायस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । २१ जना यात्रु सवार हायस दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । राजविराज नगरपालिका-७ का २१ वर्षीय...
धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न

धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न

धनकुटा । धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको सभाले विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका निर्णयहरू अनुमोदन गरेको छ । सभाले धनकुटा नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को संशोधित विनियोजन ऐन, दृष्टिबन्धक समस्या समाधान सम्बन्धी कार्यविधि, प्रज्ञा प्रतिष्ठान ऐन, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन, राजस्व ऐन, सवारी तथा याता...
सहिदभूमिमा नष्ट गरियो २१ हजार बोट गाँजा

सहिदभूमिमा नष्ट गरियो २१ हजार बोट गाँजा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा एकैदिन २१ हजार बढी गाँजाको बोट फडानी गरेर नष्ट गरिएको छ । हिजो इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २१ हजार पाँच सय गाँजाको बोट नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आफैँ उम्रिएको र अवैध रूपमा बारीमा लगाइएको गाँजा फडानी गरिएको हो । प्रहरी सहायक निरीक्षक जसबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले सहिदभूमि १ र ३ नम्बर वडाको करि...
रास्वपा नेतृ तोसिमा कार्कीद्वारा धनकुटा अस्पतालको निरीक्षण

रास्वपा नेतृ तोसिमा कार्कीद्वारा धनकुटा अस्पतालको निरीक्षण

धनकुटा । पूर्व स्वास्थ्य राज्यमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा.तोसिमा कार्कीले आज बिहान धनकुटा जिल्ला अस्पतालको निरीक्षण गरेकी छन् । तेह्रथुम जाने क्रममा डा.कार्कीले धनकुटा जिल्ला अस्पतालको निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा डा.कार्कीले जिल्ला अस्पतालको अवस्थाका बारेमा अस्पताल प्रमुख डा.अमिताभ ठाकुरसँग जानकारी लिएकी छन् । अस्पताल प्रमुख डा.ठाकुरले दरबन्दी, रक्त सञ्चार केन्द...
धनकुटामा ट्रक दुर्घटना हुँदा चालक घाइते 

धनकुटामा ट्रक दुर्घटना हुँदा चालक घाइते 

धनकुटा । धनकुटा-४ स्कुलडाँडामा ट्रक दुर्घटना भएको छ । हिजो राति करिब साढे नौ बजेको समयमा हिलेबाट धरानतर्फ जाँदै गरेको ना ६ ख १६५९ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक छथरजोरपाटी गाउँपालिका-६ का ३३ वर्षीय प्रज्चल तामाङ घाइते भएका छन् । उनको कम्बरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गोलिया बोकेको ट्रक आफैँ...
धनकुटामा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव 

धनकुटामा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव 

धनकुटा । धनकुटाको कागतेमा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव सुरु भएको छ । समृद्धि युवा क्लबको आयोजनामा स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले महोत्सवको उद्‌घाटन गर्दै यसले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै कृषकहरूको आयआर्जनमा टेवा पुग्ने बताए । उनले स्थानीय पर्यटन प्रवर्द्धनका साथै फलफूलको बजार विस्तारमा महोत्सवले योग...
१२ औं भेडेटार फुड फेस्टिभल पुस १६ गतेदेखि 

१२ औं भेडेटार फुड फेस्टिभल पुस १६ गतेदेखि 

धनकुटा । धनकुटाको भेडेटारमा १२ औं फुड फेस्टिभल हुने भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनामा फेस्टिभल हुन लागेको हो । आज आयोजकले पत्रकार सम्मेलन गर्दै फेस्टिभल आगामी पुस १६ गतेदेखि १८ गतेसम्म हुन लागेको जानकारी दिएको छ । पूर्वको एक प्रमुख पर्यटकीय स्थल भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिभल हुँदै आएको छ । भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि फेस्टिभल आयो...
धनकुटामा बक्सिङ खेलाडीका लागि १ लाख बराबरको सामग्री प्रदान

धनकुटामा बक्सिङ खेलाडीका लागि १ लाख बराबरको सामग्री प्रदान

धनकुटा । धनकुटाका बक्सिङ खेलाडीहरूका लागि करिब एक लाख मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको छ । धनकुटा नगरको ५० हजार बजेट र स्थानीय युवाहरूबाट ५० हजार सङ्कलन गरी खेल सामग्री खरिद गरेर जिल्ला बक्सिङ सङ्घलाई उपलब्ध गराइएको हो । धनकुटामा आज कार्यक्रम आयोजना गरी पन्चिङ ब्याग, बक्सिङ ग्लोभ्स, हेड गियर लगायत सामग्री प्रदान गरिएको छ । सामग्री खरिदका लागि नगर कार्यपालिका सदस्य दिलकुमार राईले नगरको बज...
डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालद्वारा लक्ष्यभन्दा बढी सेवा प्रवाह

डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालद्वारा लक्ष्यभन्दा बढी सेवा प्रवाह

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालले लक्ष्यभन्दा बढी सेवा प्रवाह गरेको छ । १४ औं साधारण सभाका क्रममा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा बढी सेवा प्रदान गरेको अस्पतालले जनाएको हो । अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ४६ जनालाई सेवा प्रदान गरेको जनाएको छ । १७ हजारलाई सेवा दिने लक्ष्य राखेको भएपनि थप एक हजार छ सय १६ जनालाई सेवा प्रवाह गरिएक...
धनकुटामा एकैदिन २६ हजार गाँजाको बोट फडानी

धनकुटामा एकैदिन २६ हजार गाँजाको बोट फडानी

धनकुटा । धनकुटामा एकैदिन २६ हजार बढी गाँजाको बोट फडानी गरेर नष्ट गरिएको छ । जिल्लाको विभिन्न स्थानमा आफैँ उम्रिएको तथा अवैध रूपमा लगाइएको गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । हिजो जिल्लाको विभिन्न स्थानमा अन्दाजी ३४ रोपनी क्षेत्रफलबाट २६ हजार पाँच सय गाँजाको बोट फडानी गरेर नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलीले सहिदभूमि गाउँपालिका...
पाख्रीबासमा गुञ्जिए कवि मुकुन्द प्रयास

पाख्रीबासमा गुञ्जिए कवि मुकुन्द प्रयास

धनकुटा । ‘पाख्रीबास काव्य शृङ्खला’ मा कवि मुकुन्द प्रयासले एकल कविता वाचन गरेका छन् । धनकुटाको पाख्रीबास नगरपालिका-४ मा रहेको संसारी सिमसार पर्यटकीय स्थलमा आयोजना गरिएको कार्यक्रममा कवि प्रयास गुञ्जिएका हुन् । पाख्रीबास कला साहित्य समाजको आयोजना तथा स्थानीय डिबी तामाङको सहयोगमा हिजो भएको कार्यक्रममा दर्जन बढी कविता सुनाएका थिए । परिचय, युद्धको गीत, देश-मधेश र पहाड, रूप, मन्दिर बाहिर, भ्यु टावरक...
धनकुटामा ४४ सय गाँजाको बोट फडानी 

धनकुटामा ४४ सय गाँजाको बोट फडानी 

धनकुटा । धनकुटाको विभिन्न स्थानमा प्रहरीले चार हजार चार सय गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय मातहतका कार्यलयहरूले आफैँ उम्रिएको र अवैध तरिकाले लगाइएको करिब आठ रोपनी क्षेत्रफलमा गाँजा फडानी गरेर नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-७ को बिभिन्न स्थानबाट चार हजार गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ । यस्तै इला...
नुनथलामा कपडा बोकेको पिकअप पल्टियो

नुनथलामा कपडा बोकेको पिकअप पल्टियो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-८ नुनथलामा कपडा बोकेको पिकअप सडकमा पल्टिएको छ । आज बिहान करिब ९ बजे इटहरीबाट कपडा लिएर तेह्रथुम जाँदै गरेको प्र-१-०२-००२ च ७०११ नम्बरको पिकअप पल्टिएको हो । प्रहरी चौकी सिधुवाका प्रहरी नायब निरीक्षक नविन प्रधानका अनुसार तुसारोमा चिप्लिएर पिकअप पल्टिएको हो । पिकअप चालक महालक्ष्मी-१ का ३२ वर्षीय हेमकर्ण थापाको सकुशल उद्धार गरिएको प्रधानले जानकारी दिए । सडकमा...
धनकुटामा आप्रवासन दिवसको दीप प्रज्वलन

धनकुटामा आप्रवासन दिवसको दीप प्रज्वलन

धनकुटा । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आज साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । धनकुटा नगरपालिका आप्रवासी स्रोत केन्द्रको आयोजनामा मदनचोकमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित नगरका कर्मचारीहरू, स्थानीयवासी लगायत सहभागि थिए । उनीहरूले ‘अन्तर्राष्ट्रिय आप्रवासन दिवस, १८ डिसेम्बर २०२४...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

धनकुटा । धनकुटाबाट जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ परेका हुन् । धनकुटा नगरपालिका-३ बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-७ गैरीटोलका २१ वर्षीय प्रकाश भनिने लिलाबहादुर विश्वकर्मालाई हिजो साँझ पक्राउ गरिएको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । विश्वकर्माले सोमबार आफ्नै कोठामा लगेर बालिकालाई ललाइफकाई जबरजस्ती करणी...
धनकुटाका उत्कृष्ट सात कृषक सम्मानित

धनकुटाका उत्कृष्ट सात कृषक सम्मानित

धनकुटा । धनकुटाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । ४४ औं विश्व खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र धनकुटाले कृषकहरूलाई सम्मान गरेको हो । उत्कृष्ट कृषि कर्मका आधारमा प्रथम हुनेमा छथर जोरपाटी-६ का मेघबहादुर खड्का, द्वितीय हुनेमा चौबिसे-६ का लालमान राई र तृतीय हुनेमा पाख्रीवास–२ का डम्बरबहादुर राय छन् । सहिदभूमि-६ का लोकेन्द्र राईले सान्‍त्‍वना पुरस्कार पाएका छन् भने महालक्ष्मी-१ ...
धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमन गर्दा भेटियो कैफियत

धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमन गर्दा भेटियो कैफियत

धनकुटा । धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमनका क्रममा कैफियत भेटिएको छ । आज सात नम्बर वडाका विद्यालय र पसलको अनुगमनका क्रममा यस्तो भेटिएको हो । वडा कार्यालय र नगर प्रहरीको टोलीले गरेको अनुगमनका क्रममा विद्यालयको चमेना गृहमा सरसफाइको कमी पाइएको छ । यस्तै शौचालयमा सरसफाइ नभएको र आवश्यक सामग्री समेत नराखेको पाइएको हो । विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन तथा विसर्जनका लागि समस्या पाइएको...
धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै

धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै

धनकुटा । धनकुटामा एक वर्षको अवधिमा एक सय मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि तयार गरेको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । आज एक कार्यक्रमको आयोजना गरि इन्सेकले २०८० पुष देखी हालसम्म जिल्लामा भएका मानवअधिकार उल्लङ्घनका घटना बारे जानकारी गराएको हो । तथ्याङ्क अनुसार एक वर्षको अवधिमा तीन जनाको हत्या, दुई जनाको हत...
कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिन सम्झौता

कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिन सम्झौता

धनकुटा । धनकुटा नगरपालिका-१ निगालेमा रहेको संसारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिएर दुई पक्षले दश वर्षे सम्झौता गरेका हुन् । एक कार्यक्रमकाबीच वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम मल्ल ठकुरी र कम्पनीका कोशी प्रदेश प्रमुख सन्तोष अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले स्थानीयलाई कृष...
अनेरास्ववियु धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित

अनेरास्ववियु धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित

धनकुटा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित भएका छन् । अनेरास्ववियुको आज सम्पन्न २४ औं जिल्ला अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा बालकृष्ण बस्याल, सुबन श्रेष्ठ र भविन्द्र राई चयन भएका छन् । सचिवमा कुमार सापकोटा तथा उप-सचिवमा अस्मिता राई, विशाल लिम्बू र प्रदिप बरुवा...
धनकुटामा मनाइयो अपाङ्गता दिवस

धनकुटामा मनाइयो अपाङ्गता दिवस

धनकुटा । धनकुटामा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा प्रभात फेरी निकालिएको छ । आज नगरस्तरीय अपाङ्गता रोकथाम तथा पुर्नस्थापना संस्थाको आयोजना तथा धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा र्‍याली निकालिएको हो । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको हो । विभिन्न नारा लेखिएका प्लेकार्डसहित सुरु भएको र्‍...
सहिदभूमिमा स्कुलबाट फर्किने क्रममा भीरबाट लड्दा बालिकाको मृत्यु

सहिदभूमिमा स्कुलबाट फर्किने क्रममा भीरबाट लड्दा बालिकाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मा भीरबाट लडेर बालिकाको मृत्यु भएको छ । सहिदभूमि-३ स्थित च्याब्रुङ भीरबाट लड्दा स्थानीय रेगन राईकी छोरी ५ वर्षीया अनुष्काको मृत्यु भएको हो । अनुष्का, सहिदभूमि-४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् । शनिवार अपरान्ह करिब ५ बजे स्कुलबाट घर फर्किने क्रममा बाटोमा चिप्लिएर उनी भीरबाट खसेकी हुन् । सहिदभूमिमा शनिवार पनि स्कुल लाग्ने गरेको छ, ...
error: Content is protected !!