भेडेटारबाट गाँजासहित सवारीचालक नियन्त्रणमा
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । आज भोजपुरबाट धरानतर्फ जाँदै गरेको को १ ज ३१६२ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा गाडी चालक धनकुटाको सहिदभूमि गाउँपालिका-६ का ३४ वर्षीय राजेश राई छन् ।
गाडीको छतमा जेब्रा झोलामा राखिएको अवस्थामा गाँजा बरामद भए...




























