संगालोखबर


धनकुटा । तेह्रथुम बहुमुखी क्याम्पसको नवनिर्मित दुईतले भवनको उद्‌घाटन गरिएको छ ।  आठराई स्थित चुहानडाँडामा निर्माण गरिएको भवनको  विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले उद्‌घाटन गरेका हुन् ।

उद्‌घाटन समारोहमा बोल्दै उपकुलपति प्रा.डा बरालले दूरदराजमा रहेको क्याम्पसको दिगो स्थायित्वको लागि त्रिविले योजना बनाउने बताए । उनले भौतिक तथा शैक्षिक विकासको लागि विश्वविद्यालयले प्राथमिकता दिएर सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाए । आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले क्याम्पसको पूर्वाधार विकास र गुणस्तर अभिवृद्धिका लागि सक्दो सहयोग गर्ने बताए ।

Advertisement

दुई करोड १५ लाख ६१ हजार एक सय ६१ रुपैयाँको लागतमा निर्माण गरिएको भवनमा सुविधासम्पन्न कक्षाकोठा छन् । लामो सयमदेखि पुरानो तथा कच्ची भवनबाट पठनपाठन सञ्चालन हुँदै आएकोमा अब सहज हुने क्याम्पस प्रमुख पोस्टराज लामिछानेले बताए ।

बि.सं.२०१७ सालमा स्थापना भएको यस क्याम्पसमा स्नातक तहमा मानविकी सङ्काय, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायमा पठनपाठन भइरहेको छ । सोही अवसरमा भवन निर्माण गर्न विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति संस्थालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!