संगालोखबर


तेह्रथुम । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ को शुभारम्भ गरिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको ओलीको तेह्रथुमको आठराईस्थित ईवा गाउँको जन्म घरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ शुभारम्भ गरिएको हो ।

मंगलबार ईवामा आयोजित समारोहमा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अभियान शुभारम्भ गरिएको घोषणा गरेका हुन् । उनले ओलीको घरबाट सुरु भएको पुनर्निर्माण अभियान देशभर विस्तार गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाइने घोषणा गरे ।

Advertisement

अभियानमार्फत आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरू क्रमिक रूपमा पुनर्निर्माण गर्ने, जनस्तरमा राष्ट्रिय एकता र सहअस्तित्वको सन्देश फैलाउने तथा युवालाई विकास निर्माणमा सक्रिय बनाउने उद्देश्य रहेको थेवेले बताए ।

राष्ट्रिय युवा संघका तेह्रथुम जिल्ला अध्यक्ष अनिल नेपालका अनुसार पूर्वप्रधानमन्त्री ओलीको जलेको घर नेकपा (एमाले) तेह्रथुम, पालिका कमिटी तथा युवा संघ तेह्रथुमको संयोजनमा पुनर्निर्माण गरिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!