
विराटनगर । तेह्रथुमको छथर गाउँपालिका-२ मा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बु छन् ।
महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बुले जबरजस्ती करणी गरेको सूचना मंगलबार प्रहरी समक्ष पुगेको थियो । सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोली सोही दिन लिम्बुलाई नियन्त्रणमा लिएको हो ।
पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुलाई प्रहरी हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 














