धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान
धनकुटा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले कृषकलाई २ करोड रुपैयाँभन्दा बढीको अनुदान वितरण गरेको छ । धनकुटा र तेह्रथुमका कृषक तथा पशुपक्षी पालक कृषकहरूलाई अनुदान वितरण गरिएको हो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा धनकुटा र तेह्रथुमका ९२ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई २ करोड ३८ लाख ७० हजार २ सय रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।
विभिन्न ५ शीर्षकमा कृषकले ...


















