संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित सिसेवा खोलामा आएको बाढीले पुल बगाएको छ । रातिदेखि भएको वर्षापछि बिहिवार बिहान आएको बाढीले पुल बगाएको हो ।

तापेथोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुरज सिंजालीका अनुसार बाढीले त्यस क्षेत्रका केही अस्थायी पुल बगाएको खबर आएको छ । यसबारे बुझ्न प्रहरी टोली त्यस क्षेत्रतर्फ गएको जनाइएको छ । टोली पुगेपछि विस्तृत जानकारी आउने उनले बताए ।

Advertisement

उक्त खोला पारिबाट स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका साथै गाउँलेहरु आउजाउ गर्ने गरेका थिए । विभिन्न स्थानमा बनाइएका अस्थायी पुलको प्रयोग गरी उनीहरु आउने गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!