संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको छ । बिहिवार राति झरेको पहिरोसँगै घर बग्दा उनीहरुको मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षीय रामबहादुर साम्रा, उनकी श्रीमती ५० वर्षीया जसमाया लिम्बु, तथा छोरीहरु गंगा र जमुनाको मृत्यु भएको हो ।

पहिरोले घर बगाएको र राति निद्रामा भएकाले उनीहरू जोगिन नपाएको स्थानीयको भनाइ छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेर विस्तृत बुझ्ने काम गरिरहेको रावलले बताए ।

पहिरोले थुप्रै संख्यामा चौपाया पनि बगाएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!