संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन काबेली–३ जलविद्युत आयोजनामा लेदोले पुरिएर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लेदोले पुरिएर ट्याक्टरका सहचालक पाँचथरको फिदिम–१४ का सविन राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार गिट्टी पुर्याएर फर्कने क्रममा बाटोमा ट्याक्टर फसेको थियो । निकाल्ने क्रममा ट्याक्टर पल्टिएको थियो । त्यही क्रममा बाटोको लेदोले पुरिएर राईको मृत्यु भएको हो । ट्याक्टरका चालक भने हामफालेर बाँच्न सफल भएको जनाइएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!