
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीको धापमा ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किच्दा एकको मृत्यु भएको छ ।
को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्ने क्रममा ट्याक्टरको डालाबाट मुढासँगै लडेर झर्दा पाख्रिबास नगरपालिक-३ धनकुटाका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो ।
आज बिहान ४ बजेको झिसमिसमा काठ लोड गर्ने क्रममा ट्याक्टरको डालाबाट मुढासँगै भुईँमा खसेका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ट्याक्टर चालक धनकुटाको महालक्ष्मी नगरपालिका-३ का १९ वर्षीय सुनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 












