संगालोखबर


विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना घाइते हुनेहरूको पहिचान खुलेको छ ।

आज बिहान हलेसीबाट सिरहाको गालबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा १७ जना घाइते भएका छन् भने चालक सिरहा नगरपालिका-३ सारसोर का २८ वर्षीय रामनाथ साह फरार छन् । घाइतेहरूको उपचार भइरहेको र चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए ।

घाइतेहरूको विवरण
१) जिल्ला सिरहा नराह गाउँपालिका-५ बस्ने मनोज यादवकी श्रीमति २५/३० वर्षीया ममतादेवी यादव– थप उपचारको लागि उदयपुरको कटारी अस्पताल रिफर
२) सोही स्थानका ३५/४० वर्षीय राजु यादव– टाउको, दाहिने हातको औँलामा र छातीमा चोट (ट्रमा सेन्टर काठमाडौं)
३) सोही स्थानका रामशरण ठाकुरकी श्रीमती तत्काल नाम नखुलेको– दाहिने खुट्टामा, आँखा र नाक भाँचिएको, अवस्था बोल्न नसक्ने गम्भीर (ट्रमा सेन्टर काठमाडौं)
४) सोही स्थानकी ३२ वर्षीया सविता कुमारी यादव (ट्रमा सेन्टर काठमाडौं)
५) सोही स्थानकी ४० वर्षीया मिथिला कुमारी यादव (ट्रमा सेन्टर काठडौं रिफर)
६) धनुषाको सबेला नगरपालिका-४ बस्ने अन्दाजी ७९ वर्षीय दुर्योधन यादव (ट्रमा सेन्टर काठमाडौं रिफर)
७) सिरहाको नरहा गाउँपालिका-५ बलुवाकी ३० वर्षीय पुनम यादव (ट्रमा सेन्टर काठमाडौं  रिफर)
८) सोही स्थानकी ३२ वर्षीय लक्ष्मी शर्मा (ट्रमा सेन्टर काठमाडौं रिफर)
९) सोही स्थानका ३२ वर्षीय नदिन शर्मा (ट्रमा सेन्टर काठमाडौं रिफर)
१०) नरहा-२ बस्ने ५७ वर्षीय धनेश्वर यादव (ट्रमा सेन्टर काठमाडौं रिफर)
११) नरहा-५ बस्न झालु देवी यादव (ट्रमा सेन्टर काठमाडौं रिफर)
१२) नहरा-५ बलुवा का ३९ वर्षीय रञ्जित यादव– दाहिने हातको औँलामा सामान्य चोट (डिस्चार्ज)
१३) सिरहाको गोलबजार नगरपालिका-६ बस्ने ३७ वर्षीय शिला शर्मा (डिस्चार्ज)
१४) सिरहाको औरही गाउँपालिका-२ बस्ने मिना कुमारी शर्मा (डिस्चार्ज)
१५) सिरहा नरहा गाउँपालिका-५ बस्ने दिपेन्द्र यादव (डिस्चार्ज)
१६) नरहा गाउँपालिका-५ का १० वर्षीय शिवम् शर्मा (डिस्चार्ज)
१७)    सोही स्थानकी ७० वर्षीया कुस्मवती यादव– टाउकोमा चोट, बोल्न सक्ने मध्यम (डिस्चार्ज)

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!