संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । खोटाङको हलेसी दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री चढेको माइक्रो दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सिरहाको नहरा गाउँपालिका-३ की अन्दाजी २५/३० वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो ।

उनलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि कटारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १६ जना घाइते छन् ।

Advertisement

घाइतेमध्ये १० जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने ६ जना डिस्चार्ज भइसकेका प्रहरीको भनाइ छ । उनीहरूलाई तत्काल उद्धार गरेर उपचारका लागि घुर्मी सामुदायिक अस्पताल लगिएको थियो ।

चालकसहित १८ जना सवार रहेको प्रदेश २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आज बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्या खोलानजिक दुर्घटना भएको हो ।

चालक सिरहा नगरपालिका-३ सारसोर का २८ वर्षीय रामनाथ साह फरार छन् । उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!