संगालोखबर

विराटनगर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ बाट प्रहरीले एक हजार तीन सय १५ किलो गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले मध्यपहाडी लोकमार्गको जंगलमा रोकिराखेको ट्रकबाट गाँजा बरामद गरेकाे हाे ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले प्र १-०२-००२ ख ००८३ नम्बरको ट्रक जाँच गरेको थियो । सो क्रममा चालक बस्ने क्याबिनभित्र फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजा ओसार-पसारमा संलग्नकाे खाेजी भइरहेको काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!