मृत्युशैयामा पुगेकी तामाङलाई बचाउँन डा.शर्माले गर्दिए निःशुल्क उपचार
बिराटनगर । संखुवासभाको तुम्लिङटारकी मुना तामाङ चार दिनदेखि बेहोस थिईन् । होस नखुलेपछि ऋण खोजेर उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्याईएकी उनको उपचार सुरु गर्दा गर्दै अलिअलि भएको पैसा सकियो । परीक्षणमा ‘ब्रेन ट्यूमर’ को समस्या पत्ता लागेर डाक्टरले तत्काल अप्रेशन गर्नुपर्ने बताए पनि पैसा रित्तिदा बेहोस अवस्थामै उनलाई घर फर्काउँनुपर्ने अवस्था आयो । ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आ...





























