संगालोखबर सम्वाददाता
मोतियाविन्दुको शल्यक्रिया गरिदै । तस्वीर: चेतन कार्की

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित आँखा जाँच शिविरका क्रममा मोतियाविन्दुको समस्या पत्ता लागेका ४० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरी महालक्ष्मी नगरपालिकाले नगरका ९ वटै वडामा आँखा जाँच शिविर सञ्चालन गरेर मोतियाविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको हो ।

फागुन १४ देखि २२ गतेसम्म वडाहरुमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । शिविरमा ६ सय ६९ जनाको आँखा जाँच गर्दा ८१ जनामा मोतियाविन्दुको समस्या देखियो । जसमध्ये अप्रेशन गर्न चाहने ४० जनालाई जितपुरस्थित महालक्ष्मी आधारभूत अस्पतालमा ल्याएर मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

Advertisement

रामप्रसाद पोख्रेल आँखा अस्पतालका चिकित्सकले मोतियाविन्दुको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गर्न विरामीहरुलाई अस्पतालसम्म ल्याउँने र पुर्याउँने व्यवस्थासमेत नगरपालिकाले नै मिलाएको थियो । निःशुल्क शल्यक्रिया गरी औषधिसमेत निःशुल्क उपलब्ध गराएर बिरामीहरुलाई गाउँ–गाउँमै पुर्याइएको महालक्ष्मी नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!