संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको मनोहरा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मनोहरा नगरपालिका वडा नं. २ सँगको सहकार्यमा स्थानीय आलापोट स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै मनोहराका मेयर कृष्णहरी थापा, केएमसीका चिफ म्यानेजमेन्ट कन्सल्टेन्ट डा.केपी शर्मा, केएमसीका जेनेरल मेनेजर नारायण दाहाल लगायलते गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको बताए ।

शिविरमा ९ सय ६३ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए । उनका अनुसार २१३ जनाको ल्याव टेष्ट, १९८ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजी गरिएको छ । त्यस्तै दाँतमा समस्या भएका ४२ जनाको दाँत निकालिएको छ ।

शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!