- संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौं मेडिकल कलेजले काठमाडौंको शंखरपुरमा मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । पिपुल केयर हस्पिटलसँग सहकार्य गरी शंखरपुर–६ सांखुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

Advertisement

शिविरमा १ हजार ५ सय ६४ जनाले उपचार सेवा लिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ३९६ जनाको भिडियो एक्सरे, ३८४ जनाको ल्याव टेष्ट र २५३ जनाको ईसीजी गरिएको छ । त्यस्तै ४८ जनाको दाँत खोलिएको आयोजकले जनाएको छ ।

केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । गरिव तथा विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!