संगालोखबर सम्वाददाता

बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली काँग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ । १ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो ।

नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैली र त्यहाँ भएको ढुंगा निकालेको हो । सामान्य विरामी हुँदा पनि नेताहरु उपचारका लागि विदेश जाने गरेको भन्दै आलोचना हुँने गरेका बेला नेता कोइरालाले भने शल्यक्रिया गराउँन स्थानीय अस्पताल नै राजेका हुन् । ‘उपचार कहाँ गएर गराउँने भन्दा पनि राम्रो उपचार कहाँ हुन्छ भन्ने महत्वपूर्ण कुरा हो,’ नेता कोइरालाले भने–‘पूर्वी नेपालमै पनि राम्रो उपचार गराउँने यस्तो स्तरीय अस्पताल छन्, राम्रो उपचार यही पाइन्छ भने किन अन्त जानु भनेर नोबेलमै अप्रेशन गराएको हुँ ।’

नेपाली कांग्रेस सुनसरी जिल्ला सभापतिसमेत रहेका कोइरालाले नोबेलमा राम्रो उपचार पाएको प्रतिक्रिया दिएका छन् । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई कोइराला अहिले घर फर्किएका छन् । अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक भएका कारण नेपालका बिभिन्न जिल्लासहित छिमेकी मूलुकका विरामी पनि उपचारका लागि नोबेल अस्पताल आउँने गरेका छन् ।

नोबेलमा दैनिक करिब २५ जना बिरामीको ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया हुँदै आएको छ । अन्य अस्पतालको तुलनामा नोबेलमा नेपालकै सवैभन्दा धेरै ल्याप्रोस्कोपिक शल्यक्रिया हुँने गरेको अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । ल्याप्रोस्कोपिक शल्यक्रियाका लागि नोबेलले चार वटा अप्रेशन थ्रीएटर बेग्लै छुट्याएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!