- संगालोखबर सम्वाददाता

धनकुटा । जनभावना स्वास्थ्य सहकारी संस्थाले सिधुवामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा १२५ जनाले स्वास्थ्य जाँच गराएको सहकारीका अध्यक्ष डा. खगेन्द्र कटुवालले जानकारी दिए । कार्यक्रममा ६२ जनाले सहकारीको सेयर सदस्यता लिएका छन् ।

Advertisement

कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठ, गाउँपालिकाका अधिकृत नेत्र श्रेष्ठ, स्थानीय व्यवसायी मेघेन्द्र गुरुङ, प्रेम ढकाल, सुन्दरमान डंगोल लगायतले जनभावना स्वास्थ्य सहकारी संस्थालाई शुभकामना व्यक्त गरेका छन् ।

सहकारीले स्वास्थ्य शिविरसँगै सेयर सदस्यता वितरणलाई निरन्तरता दिने सहकारी अध्यक्ष डा. कटुवालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!