संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर हुँने भएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरेर महालक्ष्मी नगरपालिकाले आँखा जाँच शिविर गर्न लागेको हो । फागुन १४ गतेदेखि २५ गतेसम्म बिभिन्न वडामा फरक–फरक दिन शिविर सञ्चालन हुँनेछ ।

फागुन १४ गते वडा नं. १, १५ गते वडा नं. २, १६ गते वडा नं. ५, १७ गते वडा नं. ६, १८ गते वडा नं.७, १९ गते वडा नं. ८, २० गते वडा नं. ९, २२ गते वडा नं. ३ र २३ गते वडा नं. ४ मा शिविर हुँने नगरपालिकाले जनाएको छ ।

हरेक वडामा आँखा जाँच गर्ने र मोतियाबिन्दु भएकाहरुलाई फागुन २४ र २५ गते महालक्ष्मी आधारभूत अस्पताल जितपुरमा मोतियाविन्दुको निःशुल्क अप्रेशन गरिने महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!