- संगालोखबर सम्वाददाता


सुनसरी । नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स/लियो क्लव इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २३० जनाको ल्याव टेष्ट, १७५ जनाको भिडियो एक्सरे र ८७ जनाको इसीजी गरिएको छ । शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरेको थियो । शिविरमा हाडजोर्नी, दम, रुघाखोकी र आँखामा समस्या भएका विरामी बढी आएका थिए ।

Advertisement

यसअघि गत बुधबार नोबेलले झापाको बुद्धशान्ति गाउँपालिकाको बर्नेमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । कोरोना महामारीका कारण गरिएको लकडाउनपछि नोबेलले पहिलो पटक झापामा शिविर गरेको हो । अब, १ नम्बर प्रदेशका बिभिन्न जिल्लामा शिविर सञ्चालन गरी गरिब तथा बिपन्न बिरामीको उपचारलाई निरन्तरता दिइने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!