- संगालोखबर सम्वाददाता

काठमाडौं । छिमेकी मूलुकमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउँन आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस बिज्ञप्ति जारी गरेर भीडभाड हुँने गतिबिधि नगर्न सबैमा आग्रह गरेको हो ।

Advertisement

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विज्ञप्ति जारी गरेर सभा, जुलुश, र्याली, जमघट, गोष्ठी, सेमिनार, बैठक जस्ता भीडभाड हुँने व्यवसाय र कार्यहरु बन्द गर्न आग्रह गरेका हुन् ।

‘विगत केही हप्तादेखि विश्वभरी, खासगरी छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ‘नेपालमासमेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुश, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुँने व्यवसाय र कार्यहरु नगर्नु हुन र सामाजिक भौतिक दुरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा सावुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत विगतमा जारी गरिएका जनस्वास्थ्य मापदण्डहरु समेत पालना गरी संक्रमण रोकथाममा सहयोग गर्नुहुन सरोकारवाला सवैमा अनुरोध छ ।’

मुख्यगरी छिमेकी मूलुक भारतमा केही दिन यता कोरोना संक्रमण बढ्दै गएको छ । खुल्ला सीमा रहेको छिमेकी मूलुकका संक्रमण तीब्र हुँन थालेपछि नेपालमा पनि सतर्कताका लागि मन्त्रालयले आग्रह गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!