- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा १३ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोप शुरु भएको ५ दिनको अवधिमाप्रदेश १ का १४ जिल्लाका१३ हजार २ सय ८३ जनाले खोप लगाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ सय २४, इलाममा १ हजार १ सय ४, भोजपुरमा ५ सय ८२, ओखलढुङ्गामा ५ सय ६३ र धनकुटामा ५ सय ३९जनाले खोप लगाएका छन् ।

त्यस्तै, पाँचथरमा ४ सय ८९, खोटाङमा ३ सय ४६, तेह्रथुममा ४ सय ४२, उदयपुरमा ३ सय ३४, संखुवासभामा २ सय ८१, सोलुखुम्वुमा २ सय २६र ताप्लेजुङमा २ सय १८ जनालाई खोप लगाइएको छ ।

प्रदेश १ का १४ जिल्लामा २५ खोप केन्द्रमार्फत कोरोनाविरुद्धको खोप लगाईदैछ । खोप लगाउँनका लागि मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३/३ तथा वाँकी जिल्लामा१/१ वटा खोप केन्द्र तोकिएको छ । प्रदेश १ मा पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारी र सरफाईकर्मी गरी ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउँने लक्ष्य राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!