जनभावना स्वास्थ्य सहकारीद्वारा सिधुवामा स्वास्थ्य शिविर

जनभावना स्वास्थ्य सहकारीद्वारा सिधुवामा स्वास्थ्य शिविर

धनकुटा । जनभावना स्वास्थ्य सहकारी संस्थाले सिधुवामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा १२५ जनाले स्वास्थ्य जाँच गराएको सहकारीका अध्यक्ष डा. खगेन्द्र कटुवालले जानकारी दिए । कार्यक्रममा ६२ जनाले सहकारीको सेयर सदस्यता लिएका छन् । कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठ, गाउँपालिकाका अधिकृत नेत्र श्रेष्ठ, स्थानीय व्यवसायी मेघेन्द्र गुरुङ, प्रेम ढकाल, सुन्दरमान डंगोल लगा...
काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काभ्रेको पनौतीमा बुधबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । पनौती–६ स्थित ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आठौं एकीकरण दिवसको अवसरमा काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी शिविर आयोजना गरिएको हो । शिविरमा ८५३ जना बिरामीको निःशुल्क उपचार गरिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिव...
धनकुटाका २२ हजार बढीलाई कारोनाविरुद्धको खोप लगाइने

धनकुटाका २२ हजार बढीलाई कारोनाविरुद्धको खोप लगाइने

धनकुटा । धनकुटाका ५५ बर्ष माथि उमेर भएका २२ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने तयारी भएको छ । सरकारले तोकेबमोजिम ५५ बर्ष माथि उमेरका कूल २२ हजार ४ सय ९३ जनालाई आगामी २२ गतेबाट सुरु हुने खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । बुधबार स्वास्थ्य कार्यालयले धनकुटामा पत्रकार सम्मेलन गर्दै खोप अभियानमा जिल्लाका ७ वटै पालिकामा १ सय ७५ खोप केन्द्रबाट १ सय ७५ स्वास्थ्यकर्मी र ...
केएमसीद्वारा मनोहरामा निःशुल्क स्वास्थ्य शिविर

केएमसीद्वारा मनोहरामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको मनोहरा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मनोहरा नगरपालिका वडा नं. २ सँगको सहकार्यमा स्थानीय आलापोट स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै मनोहराका मेयर कृष्णहरी थापा, केएमसीका चिफ म्यानेजमेन्ट कन्सल्टेन्ट डा.केपी शर्मा, केएमसीका जेनेरल मेनेजर नारायण दाहाल लगायलते गरिब तथा बिपन्न बिरामी...
झापामा क्यान्सर अस्पताल

झापामा क्यान्सर अस्पताल

झापा । अब नेपालीले  क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा रु ६०० करोडको लगानी...
नोबेलका डा. यादवले गरे एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया

नोबेलका डा. यादवले गरे एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया

बिराटनगर, १६ फागुन । नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् । अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपिक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । एउटै व्यक्तिले एकैदिन १४ जनाको शल्यक्रिया गरेको रेकर्ड नेपालमा हालसम्म नरहेको डा.यादवको दावी छ । ‘एकैदिन १०/१२ जनासम्मको शल्यक्रिया गरेको सुनेको थिए । ...
नोबेलमा काँग्रेस नेता कोइरालाको शल्यक्रिया

नोबेलमा काँग्रेस नेता कोइरालाको शल्यक्रिया

बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली काँग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ । १ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैली र त्यहाँ भएको ढुंगा निकालेको हो । सामान्य विरामी ...
महालक्ष्मीमा निःशुल्क आँखा शिविर सुरु, पहिलो दिन ७४ जनाको आँखा परीक्षण

महालक्ष्मीमा निःशुल्क आँखा शिविर सुरु, पहिलो दिन ७४ जनाको आँखा परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा शुक्रबारदेखि निःशुल्क आँखा शिविर सुरु भएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरेर महालक्ष्मी नगरपालिकाले आँखा शिविर सञ्चालन गरेको हो । पहिलो दिन महालक्ष्मी नगरपालिका वडा नं.१ मा आयोजना गरिएको शिविरमा ७४ जनाको आँखा परीक्षण गरिएको महालक्ष्मी नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए । जसमा मोतियाविन्दु भएका चार जना र...
सहिदभूमिका २२४ जनाले पाए दाँत उपहार

सहिदभूमिका २२४ जनाले पाए दाँत उपहार

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका २२४ जनाले दाँत उपहार पाएका छन् । प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रममा ९६ जनाले सेट दाँत लगाएका हुन् । त्यस्तै, १ सय २८ जनालाई ६ सय ७३ वटा खुद्रा दाँत लगाइएको गाउँपालिकाले जनाएको छ । पूर्वाअञ्चल डेन्टल हस्पिटल इटहरीको प्राविधिक सहयोगमा प्रदेश १ को सामाजिक विकास मन्त्रालय र हेल्पिङ्ग युथ इटहरीसँग सहकार्य गरेर सहिदभूमि गाउँपालिकाले आँखिसल्ला स्व...
महालक्ष्मीमा निःशुल्क आँखा जाँच शिविर हुँने

महालक्ष्मीमा निःशुल्क आँखा जाँच शिविर हुँने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर हुँने भएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरेर महालक्ष्मी नगरपालिकाले आँखा जाँच शिविर गर्न लागेको हो । फागुन १४ गतेदेखि २५ गतेसम्म बिभिन्न वडामा फरक–फरक दिन शिविर सञ्चालन हुँनेछ । फागुन १४ गते वडा नं. १, १५ गते वडा नं. २, १६ गते वडा नं. ५, १७ गते वडा नं. ६, १८ गते वडा नं.७, १९ गते वडा नं. ८, २० गते वडा नं. ९...
बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

सुनसरी । नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स/लियो क्लव इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २३० जनाको ल्या...
नोबेलमा दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया

नोबेलमा दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया

बिराटनगर । नोबेल शिक्षण अस्पतालले दुरबिन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्ने गरेको छ । अत्याधुनिक उपकरणको प्रयोगमा अग्रणी मानिने नोबेलले स्तरीय उपचारका लागि दुरबिन र नेभिगेशन प्रयोग गर्ने गरेको हो । दुरबिन र नेभिगेशनको माध्यमबाट ब्रेन ट्यूमर, ब्रेन ह्यामरेज, हाइड्रोसिफालस लगायतको अप्रेशन गर्ने गरिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । ‘नेभिगेशनको माध्यमब...
डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा

डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा

काठमाडौं । डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएसँगै बिरामी मर्कामा परेका छन् । चिकित्सकीय परामर्श शुल्क अत्यधिक रूपमा बढेपछि उपचार गर्न नसक्ने बिरामी स्वास्थ्य सेवा लिन पाउने हकबाट समेत वञ्चित हुने देखिएको छ । यसले विपन्न र गरिब नराम्ररी प्रभावित हुनेछन् । नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले पुनरावलोकन भएको चिकित्सकीय परामर्श शुल्क लिन आग्रह गरेका ...
प्रदेश १ मा १३ हजारलाई लगाइयो कोरोनाविरुद्धको खोप

प्रदेश १ मा १३ हजारलाई लगाइयो कोरोनाविरुद्धको खोप

विराटनगर । प्रदेश १ मा १३ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोप शुरु भएको ५ दिनको अवधिमाप्रदेश १ का १४ जिल्लाका१३ हजार २ सय ८३ जनाले खोप लगाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ सय २४, इलाममा १ हजार १ सय ४, भोजपुरमा ५ सय ८२, ओखलढुङ्गामा ५ सय ६३ र धनकुटामा ५ सय ३९जनाले खोप लगाएका छन् ...
चीनले नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन दिने

चीनले नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन दिने

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सि...
पाँच दिनमा ८८ हजारले लगाए कोरोनाविरुद्धको खोप

पाँच दिनमा ८८ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । आईतबार अपरान्हसम्म ८८ हजार व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । पाँचौ दिनसम्म ७७ वटै जिल्लाका १८५ खोप केन्द्रबाट ८८ हजार ७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार साँझ प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा ...
१७६ दिनपछि पहिलो पटक मृतकको संख्या शून्य

१७६ दिनपछि पहिलो पटक मृतकको संख्या शून्य

काठमाडौं । बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये मृतकको संख्या शून्यमा झरेको छ । संक्रमितको संख्या घटिरहेको बेला मृतकको संख्या बिहीबार शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमितमध्ये तीन जनाको मृत्यु भएको थियो । गत १८ साउन २०७७ मा संक्रमित मृतकको संख्या शून्यमा सीमित हुन पुगेको थियो । त्यसयता संक्रमित मृतकको संख्या दैनिक बढ्दो क्रममा थियो । १७ साउनमा कु...
प्रदेश १ का ३५ हजारलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाइदै

प्रदेश १ का ३५ हजारलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाइदै

विराटनगर । प्रदेश १ मा पनि आजबाट कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरिएको छ । पहिलो चरणमा ३५ हजार ५७६ जना स्वास्थ्यकर्मी, कर्मचारी र सरफाईकर्मीलाई खोप लगाउँने लक्ष्यसहित खोप अभियान थालिएको हो । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास र बरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा खोप अभियान थालिएको छ । खोप अभियान शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास म...
धनकुटामा पनि कोरोनाविरुद्धको खोप लगाउँन सुरु, पहिलो चरणमा ८८५ जनालाई लगाइदै

धनकुटामा पनि कोरोनाविरुद्धको खोप लगाउँन सुरु, पहिलो चरणमा ८८५ जनालाई लगाइदै

धनकुटा । धनकुटामा पनि बुधबारबाट कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरिएको छ । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई खोप लगाउँन सुरु गरिएको हो । जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्मालाई पहिलो पटक खोप लगाएर खोप अभियान थालिएको छ । खोप लगाउँने अभियान सुरुवात गर्न आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले डा. विश्वकर्मालाई भ्याक्सिन क्यारियर व्य...
सातै प्रदेशमा आजबाट कोरोना खोप लगाइदै

सातै प्रदेशमा आजबाट कोरोना खोप लगाइदै

काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ । ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन् । यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ । ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन । कसै–कसैलाई सामान्य  असर देखा पर्न सक्छ । जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन...
विराटनगर आइपुग्यो ९६ हजार कोरोना खोप, प्रदेश १ का १४ वटै जिल्लामा पठाइदै

विराटनगर आइपुग्यो ९६ हजार कोरोना खोप, प्रदेश १ का १४ वटै जिल्लामा पठाइदै

विराटनगर । भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोनाविरुद्धको खोप प्रदेश १ मा पनि आइपुगेको छ । सोमबार बिहान प्रदेश नं. १ को राजधानी विराटनगरमा खोप आइपुगेको हो । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा खोप भण्डारण गरेर राखिएको छ । पहिलो चरणमा प्रदेश १ का १४ वटै जिल्लालाई पर्याप्त हुने गरि खोपको ९६ हजार डोज विराटनगर आईपुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसा...
कोरोनाविरुद्धको खोप लगाउने तयारी अन्तिम चरणमा, ४ लाख ३० हजार जनालाई लगाइँदै

कोरोनाविरुद्धको खोप लगाउने तयारी अन्तिम चरणमा, ४ लाख ३० हजार जनालाई लगाइँदै

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध भारत सरकारबाट उपहारस्वरूप प्राप्त १० लाख डोज खोप लगाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसका लागि सरकारले हालसम्म सात वटै प्रदेशमा खोप ढुवानी गरेको छ भने खोप केन्द्रहरू तयारी अवस्थामा राखिएका छन् । खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिमसमेत गराइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार बिहान १० ...
कोरोना कहरपछि नोबेलमा पुनः बिना चिरफार निकाल्न थालियो पित्त नलीको ढुंगा

कोरोना कहरपछि नोबेलमा पुनः बिना चिरफार निकाल्न थालियो पित्त नलीको ढुंगा

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो । कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै गएकाले पुनः इआरसीपी विधिबाट पित्त नलीको पथरिया निकाल्न थालिएको नोबेल अस्पत...
नोबेलमा छ जना बिरामीलाई निःशुल्क लगाइयो मुटुको भल्ब

नोबेलमा छ जना बिरामीलाई निःशुल्क लगाइयो मुटुको भल्ब

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई मुटुको भल्ब निःशुल्क लगाइएको छ । मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई मुटुको भल्ब निःशुल्क लगाइएको हो । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक यज्ञ भण्डारीले ७ लाख २० हजार मूल्य बराबरको १० वटा भल्व निःशुल्क उपलब्ध गराएका थिए । भण्डारीमार्फत प्राप्त भएको भल्ब ...
देशभरका कोरोना अस्पतालबाट अन्य उपचार सेवा पनि सञ्चालन गरिने

देशभरका कोरोना अस्पतालबाट अन्य उपचार सेवा पनि सञ्चालन गरिने

काठमाडौं । अब सबै कोभिड अस्पतालले ननकोभिड सेवा पनि सञ्चालन गर्नुपर्ने भएको छ । कोरोनाको उपचार गर्दै आएका अस्पतालहरुलाई अन्य उपचार सेवा पनि सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । बुधबार बसेको आईसीएसको बैठकले देशभरका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयनका लागि परिपत्रसमेत गरेको छ । कोभिडका लागि तोकिएका अस्पतालले कोभिडसहित ननकोभिड सेवासमेत नियमित रूपमा प्रदान गर्न ...
इटहरी अस्पतालमा सुरु भयो भिडियो एक्सरे सेवा

इटहरी अस्पतालमा सुरु भयो भिडियो एक्सरे सेवा

इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ । इटहरी अस्पतालले नीजि स्वास्थ्य संस्था भन्दा सस्तो मूल्यमा भिडियो एक्सरे सेवा सुरु गरेको हो । नीजि स्वास्थ्य संस्था भन्दा करिव आधा अर्थात ६ सय रुपैयाँमै भिडियो एक्सरे गर्न थालिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र वरालले जानकारी दिए । अब, अस्पतालमा आएका विरामीलाई भिडियो एक्सरेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेको बरालले बताए । ...
सरकारले निजी अस्पताललाई कोभिड सूचीबाट हटायो

सरकारले निजी अस्पताललाई कोभिड सूचीबाट हटायो

काठमाडौँ । सरकारले निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारी अस्पताल नै पर्याप्त रहेको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाईएको हो । अब, सरकारी अस्पताल र प्रयोगशालामा मात्र कोभिडको निःशुल्क उपचार र परीक्षण हुँनेछ । सरकारले ८ वटा निजी मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन । कोरोना संक्रमण दर घट्दै गएकाले सरकारी अस्पतालमै जनरल बेड, आईसी...
धनकुटामा आईपुग्यो पीसीआर मेसिन, अब जिल्लामै कोरोना परीक्षण हुँने

धनकुटामा आईपुग्यो पीसीआर मेसिन, अब जिल्लामै कोरोना परीक्षण हुँने

धनकुटा । लामो समयको प्रतिक्षापछि धनकुटामा पीसीआर मेसिन आईपुगेको छ । नेपालमा कोरोना संक्रमण फैलिएको आठ महिनापछि धनकुटामा पहिलो पटक पीसीआर मेसिन ल्याईएको हो । पीसीआर मेसिन आईपुगेकाले अब धनकुटामै कोरोना परीक्षण गरिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले बताए । ‘मंगलबार स्वाब संकलन गर्ने र बुधबारबाट धनकुटामै पीसीआर परीक्षण गर्ने तयारी गरेका छौ ।’ डा.विश्वकर्माले संगालोखबरसँग भने–‘अब धनकुटाम...
इटहरीमा पाँच सय शैयाको अस्पताल बनाउँन जग्गा खोजिदै

इटहरीमा पाँच सय शैयाको अस्पताल बनाउँन जग्गा खोजिदै

इटहरी । इटहरीमा पाँच सय शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गर्न जग्गाको खोजी भईरहेको छ । जग्गा खोज्नका लागि समिति पनि निर्माण गरिएको छ । इटहरी उपमहानगरले यो बिषयमा सरोकारवालाहरुवीच सर्वपक्षिय वैठक राखेको छ । बैठकले उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, इश्वर भट्टराई, हेमकर्ण पौडेल, रोहित प...
धनकुटाको जीतपुरमा १० बेडको अस्पताल बन्ने

धनकुटाको जीतपुरमा १० बेडको अस्पताल बन्ने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुरमा १० बेडको अस्पताल बन्ने भएको छ । मुलुकका ३९६ स्थानीय तहमा अस्पताल बनाउँने सरकारी योजना अनुसार महालक्ष्मी–७ जीतपुर बजार नजिक ढोडेमा अस्पताल निर्माण गरिने भएको हो । अस्पताल निर्माणका लागि बुधबार सिलान्यास गरिएको छ । संघीय सांसद राजेन्द्र राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उप–मेयर मञ्जु अ...
नोबेलले २ अर्ब ४० करोड लगानी गरेर क्यान्सर अस्पताल बनाउँने

नोबेलले २ अर्ब ४० करोड लगानी गरेर क्यान्सर अस्पताल बनाउँने

बिराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ठूलो लगानीमा क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने भएको छ । २ अर्ब ४० करोड लगानी गरेर नोबेलले ‘नोबेल क्यान्सर अस्पताल’ सञ्चालन गर्ने भएको हो । बिराटनगरको कञ्चनवारीस्थित नोबेल अस्पताल परिसरमा निर्माण गर्ने तयारी गरिएको क्यान्सर अस्पतालको बुधबार सिलान्यास गरिएको छ । अब एक बर्ष भित्रमा सुबिधासम्पन्न क्यान्सर अस्पताल सञ्चालन गरिने नोबेल अस्पतालका सञ्चालक ...
error: Content is protected !!