- संगालोखबर सम्वाददाता

काठमाडौं । आईतबार अपरान्हसम्म ८८ हजार व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । पाँचौ दिनसम्म ७७ वटै जिल्लाका १८५ खोप केन्द्रबाट ८८ हजार ७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार साँझ प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६ सय ८३ र गण्डकी प्रदेशमा १२ हजार ३ सय ११ जनाले खोप लगाएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा १० हजार ७ सय ६०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ५६ र सुदुरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयले अझै पाँच दिनसम्म खोप लगाइने जनाएको छ । पहिलो चरणमा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई खोप लगाईदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!