- संगालोखबर सम्वाददाता

विराटनगर । कोरोना महामारीबाट पाठ सिक्दै नेपाल सरकारले मूलुकभरका सीमावर्ती क्षेत्रहरुमा स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना बनाएसँगै मोरङको विराटनगरमा पनि स्वास्थ्य केन्द्र निमार्णको प्रक्रिया अघि बढ्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको संयुक्त लगानीमा आउँदो २ बर्षभित्र विराटनगरमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र सञ्चालनमा आउने भएको हो ।

विराटनगरमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा आधारित बहु–बिशिष्टिकृत स्वास्थ्य केन्द्र निमार्ण हुने भएको हो । संक्रमणजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागी विराटनगर–१६ स्थित रानी भन्सारमा स्वास्थ्य केन्द्र स्थापना हुने भएको हो । कोरोना महामारीबाट पाठ सिक्दै नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा बोर्डर एरियामै स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको हो । स्वास्थ्य केन्द्र निमार्णका लागि विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले संयुक्त लगानी गर्ने योजना छ । विराटनगरमा निमार्ण हुन गईरहेको स्वास्थ्य केन्द्र करिब १ करोड लागतमा सम्पन्न हुने अनुमान गरिएको छ । २ बर्षभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य लिईएको स्वास्थ्य केन्द्र २ तले संरचनाको हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले बताए ।

स्वास्थ्य केन्द्र निमार्णका लागि विराटनगर महानगरपालिकाले विश्व स्वास्थ्य सङ्गठनलाई रानी भन्सारसँगै जोडिएको ४ कठ्ठा जग्गासमेत उपलब्ध गराईसकेको छ । सङ्गठनले यसको फाईनल डीपीआर र डिजाईनसमेत तयार पारिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको डिजाईनमा केही प्राविधिक सुधार गर्दै महानगरले पनि स्वास्थ्य केन्द्रको निमार्णका लागि सहमति जनाईसकेको छ । स्वास्थ्य केन्द्र निमार्ण भईसकेपछि यहाँबाट बिशेषगरि सङ्क्रमणजन्य रोगहरुको पहिचान तथा रोकथामका कार्यहरु हुने विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक डा. दिलीप कुमार यादवले जानकारी दिए ।

स्वास्थ्य केन्द्र सञ्चालनमा आइसकेपछि भोलिका दिनमा विदेशी नागरिकलाई हेल्थ स्क्रिनिङ गरेर मात्र नेपाल प्रवेश दिइने विराटनगर महानगरपालिकाले जनाएको छ । स्वास्थ्य परीक्षण गर्दा केही समस्या देखिए अवस्था बिश्लेषणको आधारमा तत्कालै सम्बन्धितको उचित व्यवस्थापन गरिने महानगरको योजना छ । हाल विराटनगरस्थित रानी भन्सारमा विश्व स्वास्थ्य सङ्गठनले निमार्ण गरिदिएको अस्थायी टहरामार्फत विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षण र व्यक्तिगत विवरण सङकलन गरि नेपाल प्रवेश दिइदै आइएको स्वास्थ्यकर्मी उषा मेहताले बताइन् ।

अन्तर्राष्ट्रिय सीमानालाई लक्षित गर्दै नेपाल सरकारले हाल मूलुकभरिका विभिन्न नाकाहरुमा स्वास्थ्य केन्द्र स्थापना गरिरहेको छ । यसले महामारीको पहिचान र नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!