- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाले जिल्ला सदरमुकाममा आज कार्यक्रम आयोजना गरेर हात्तीपाइलेविरुद्धको औषधी खुवाउँने तयारी भइरहेको जानकारी दिएको हो ।

धनकुटामा यसअघि ९ पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइएको छ । अझै रोग निवारण नभएकाले पुनः औषधी खुवाउँन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाइले बताए । धनकुटामा गतबर्ष ६८ प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका थिए ।

१ लाख ७१ हजार जनसंख्या रहेको धनकुटामा यसपटक औषधी खान योग्य ९० प्रतिशत मानिसलाई हात्तीपाईलेविरुद्धको औषधी खुवाउँने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!