धनकुटा क्याम्पसमा अनेरास्ववियुको १७ वुँदे माग, वेवास्ता गरे आन्दोलनमा उत्रने चेतावनी
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि अनेरास्ववियुले १७ वुँदे माग राखेको छ । अनेरास्ववियु क्याम्पस कमिटीले प्रेस विज्ञप्ति जारी गरेर बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि माग संबोधन गर्न क्याम्पस प्रशासनलाई दवाव दिएको हो ।
तोकिएको समयमा हुन नसकेको धनकुटा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुले माग गरेको छ ।
त्यस्तै विभिन्न संकाय तथा ...

