- संगालोखबर सम्वाददाता

धनकुटा । ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिवार आवहन गरेको बन्दका कारण गाडी नचल्दा घर फर्कन नपाएर नायब सुब्बाको परिक्षा दिन धनकुटा आएका परीक्षार्थीहरुको बिचल्ली भएको छ । नायब सुब्बाको प्रथम चरणको परिक्षा दिन बिभिन्न जिल्लाबाट धनकुटा आएका सयौं परीक्षार्थीहरु बन्दका कारण गाडी नपाउँदा घर फर्कन नपाएर समस्यामा परेका हुन ।

सार्वजनिक सवारी नचलेका कारण केहीले निजि तथा साना सवारीमा महंगो शुल्क तिरेर गएपनि अधिकांस परीक्षार्थी बिचल्लीमा परेका हुन । दिउँसो १ बजेदेखि सुरु भएको ४५ मिनेटको परिक्षा सकेर सयौं परीक्षार्थीहरु धनकुटा बसपार्कमा भेला भएका थिए । साँझबाट फाटफुट मात्रामा गाडी गुडेपछि केही परिक्षार्थीहरु गन्तब्यमा गए ।

Advertisement

तर, पर्याप्त गाडी नपाउँदा घर जाँन नपाएको परीक्षा दिन धनकुटा आएका नायकवाडा–८ जाजरकोटका ईन्द्र कार्कीले गुनासो गरे । यता धनकुटा बसपार्कमा बिचल्लीमा परेर बसेका सप्तरीका चन्दन यादवले दुई दिनको बन्दका कारण परीक्षा दिन आउँदा र फर्कन दुवैमा सस्ती बेहोर्नु परेको दुखेसो सुनाए ।

कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्रविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एक दिने नेपाल बन्द आवहन गरेको हो । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रुहरुले सास्ती पाएका हुन ।

धनकुटा बसपार्कमा बिचल्लीमा परेका परीक्षार्थीहरुको दृष्य हेर्नुहोस…

तस्वीरहरु-संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!