- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि अनेरास्ववियुले १७ वुँदे माग राखेको छ । अनेरास्ववियु क्याम्पस कमिटीले प्रेस विज्ञप्ति जारी गरेर बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि माग संबोधन गर्न क्याम्पस प्रशासनलाई दवाव दिएको हो ।

तोकिएको समयमा हुन नसकेको धनकुटा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुले माग गरेको छ ।

Advertisement

त्यस्तै विभिन्न संकाय तथा तहमा स्थगित भर्ना तथा रजिस्ट्रेशन फारम खुल्ला गरिनुपर्ने, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसार पुस्तक उपलब्ध गराई बिद्यार्थीले पाउने पुस्तकको संख्या तथा समय बृद्धि गरिनुपर्ने, सवै बिद्यार्थीमा इ–लाईव्रेरी तथा ईन्टरनेटको पहुँच पुर्याउँनुपर्ने, बिहानी कक्षाका लागि प्रशासनीक तथा लेखाका क्रियाकलाप बिहान नै सञ्चालन गरिनुपर्ने लगायत माग राखिएको छ ।

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष नवराज घिमिरे र सचिव विकास तामाङ्गद्धारा जारी बिज्ञप्तिमा एक साताभित्र माग पुरा नगरे अनेरास्ववियु आन्दोलनमा उत्रने चेतावनीसमेत दिईएको छ ।

धनकुटा बहुमुखी क्याम्पस । तस्वीर-संगालोखबर

अनेरास्ववियुले माग संबोधन नभएमा जस्तो सुकै आन्दोलन गर्न बाध्य हुँने उल्लेख गर्दै आन्दोलनबाट उत्पन्न हुने स्थिती प्रति जिम्मेवार रहन क्याम्पस प्रशासनलाई सचेत गराएको छ ।

अनेरास्ववियुका मागहरु हेर्नुहोस…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!