सप्तरी । सप्तरी गोलीकाण्डको ५ दिनपछि आज ५ मृतकको शवयात्रा निकालिँदै छ । एमाले मेची–महाकाली अभियानका क्रममा गत सोमबार भएको झडपमा प्रहरीले गोली चलाउँदा मधेसी मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मृतक पाँच कार्यकर्ताहरुको शनिवार शवयात्रा निकाल्ने तयारी गरेको हो । विहान १० बजे निकाल्ने भनिएको शवयात्रा विहानैदेखि वर्षाका कारण प्रभावित भएकोले वर्षा रोकिएसँगै सुरु हुने मोर्चाका सप्तरी जिल्ला संयोजक दिनेशकुमार यादवले बताए ।

Advertisement

गत सोमवार अभियान विथोल्न गएका मोर्चा सप्तरीका कार्यकर्ता र प्रहरीविच झडप हुँदा एकको घटना स्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

मधेशी मोर्चा आवद्ध केन्द्रिय नेता÷कार्यकर्ताको सहभागीता रहने शवयात्रा हनुमाननगर, भारदह, कञ्चनपुर, फत्तेपुर, विरेन्द्रबजार, रुपनी हुँदै सिरहाको लहान नगरपालिका स्थित रमेश चौकसम्म जाने तथा पुनः विसनपुर, बोदे वरसाईन हुँदै राजविराजमा आएर शव परिवारजनको जिम्मा लगाईने मधेशी मोर्चा आवद्ध राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव गजेन्द्र मण्डलले जानकारी दिएका छन् ।

शवयात्रामा सहभागी हुनका लागि सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह भण्डारी राजविराज आइपुगेका छन् भने संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेशी जनअिधकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादव, तराई मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरु पनि आउने क्रममा रहेको सचिव मण्डलले बताए ।

झडपका क्रममा प्रहरीका गोली लागेर जिल्लाको मलेठ–२ का रंजन मेहता, मलेठ–२ कै विरेन्द्र महतो, मलेठ–४ का पिताम्वर मण्डल, प्रसवनीका आनन्द साह र जमूनी–१ कटवीका ईनरदेव यादवको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!