- संगालोखबर सम्वाददाता

धनकुटा । संघीय गठबन्धन र संघीय लोकतान्त्रिक मधेसी मोर्चाले आवहन गरेको बन्दका कारण शुक्रवार धनकुटाको जनजीवन आंशिक रुपमा प्रभावित भएको छ ।

बन्दका कारण यातायातका साधन फाटफुट मात्र सञ्चालन भए । लामो दुरीका सवारी साधन ठप्प भएपनि छोटोदुरीका सवारी फटफुट मात्रामा सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

Advertisement

यता बजार पसलमा भने बन्दको प्रभाव देखिएन । धनकुटा बजारका अधिकांस पसल खुल्लेका थिए । शिक्षण सस्था, उद्योग धन्दा लगायतमा पनि बन्दको आंशिक प्रभाव देखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सप्तरी घटनाको बिरोध र संबिधान संशोधन गरेर मात्र स्थानीय तहको निर्वाचन गरिनुपर्ने माग गर्दै संघिय गठबन्धन र मधेसी मोर्चाले एक दिने नेपालबन्द आवहन गरेका हुन ।

तस्वीरहरु हेर्नुहोस्..

तस्वीरहरु: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!