- संगालोखबर सम्वाददाता

धनकुटा । स्थानीय शान्ति समिति धनकुटाले पत्रकार महासंघ धनकुटाको नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरेको छ । शान्ति समितिले बिहिवार कार्यक्रम आयोजना गरी नयाँ कार्य समितिलाई बधाई एवं शुभकामना ब्यक्त गरेको हो ।

पत्रकारलाई बधाई दिन शान्ति समितिमा आयोजित कार्यक्रम । तस्वीर-संगालोखबर

कार्यक्रममा शान्ति समिति संयोजक बलबहादुर राई, निवर्तमान संयोजक लालचन्द गोङ्वा, पूर्व संयोजक टिका घिमिरे, सदस्यहरु कोपिला शंकर, पार्वती राई, शान्ति समितिका सचिव सिता भण्डारी लगायतले पत्रकार महासंघको नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई अविर, खादा र फुल प्रदान गर्दै बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए ।

Advertisement

सो अवसरमा बोल्दै शान्ति समिति संयोजक बलबहादुर राई र पूर्व संयोजक टिका घिमिरेले पत्रकारहरुले सत्य, तथ्य रुपमा समाचार सम्प्रेषण गर्दै समाज परिवर्तनमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै शान्ति समिति संयोजक राई । तस्वीर-संगालोखबर

त्यस्तै पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले धनकुटाको पत्रकारितालाई अझ ब्यवस्थित गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन । पत्रकार महासंघ धनकुटा शाखाको फागुन ७ गते सम्पन्न १० औं जिल्ला अधिवेशनबाट राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा १८ सदस्य नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!