- संगालोखबर सम्वाददाता

धनकुटा । सरकारले स्थानीय तहलाई कार्यान्वयनमा ल्याएपछि धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बनेका छन । यो सँगै यसअघिका दुई नगरपालिका र २८ गाबिस हटेर नयाँ स्थानीय तह बनेको छ ।

पाख्रीवास, धनकुटा र महालक्ष्मी नगरपालिका बनेका छन । त्यस्तै साँगुरीगढी, खाल्सा छिन्ताङ सहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिका भएका छन । धनकुटा र पाख्रीवास यस अघि नै नगरपालिका बनिसकेका थिए । जीतपुर, मारेककटहरे डाँडागाउँ, चानुवा, लेगुवा र मुर्तिढुंगा गाबिस मिलाएर महालक्ष्मी नगरपालिका थपिएको हो । ९ वडा रहेको उक्त नगरको केन्द्र साविकको जितपुर गाबिस कार्यालयमा तोकिएको छ ।

Advertisement

यसअघि १५ वडा रहेको धनकुटा नगरपालिकामा १० वटा वडा कायम गरिएको छ । यता पाख्रीवास नगरपालिकामा चुङवाङ गाबिसका ४ र ८ नम्बर वाहेकका ७ वडा थपिएको छ । १५ वडा रहेको पाख्रीवास नगरपालिकालाई पनि १० वडामा सिमित गरिएको छ । साविककै स्थानमा पाख्रीवास र धनकुटा नगरपालिकाको केन्द्र कायम गरिएको छ ।

यता बुढीमोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, भेडेटार, महाभारत र आहाले गाबिसका वडाहरु मिलाएर साँगुरीगढी गाउँपालिका बनाईएको छ । १० वडा तोकिएको साँगुरीगढीको केन्द्र साविकको भेडेटार गाबिस कार्यालयमा तोकिएको छ ।

त्यस्तै छिन्ताङ, खोकु, र आँखिसल्ला गाबिसलाई गाभेर खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको ७ वटा वडा निर्माण गरिएको छ । खोकु गाबिसको कार्यालयलाई सो गाउँपालिकाको केन्द्र बनाईएको छ । हात्तिखर्क, तांखुवा, तेलिया र परेवादिन गाबिस मिलाएर छथर जोरपाटी गाउँपालिका बनाईएको छ ।

६ वडा रहेको छथर जोरपाटी गाउँपालिकाको केन्द्र तांखुवा गाबिसको कार्यालयमा तोकिएको छ । यता छ नम्बर वुधवारे, मुढेवास, कुरुलेतेनुपा, बसन्तटार, राजारानी मौनावुधुक र बोधे गाबिस गाभेर निर्माण गरिएको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा राखिएको छ । उक्त गाउँपालिकामा ८ वटा वडा तोकिएको छ ।

धनकुटामा कायम भएका नगरपालिका मध्ये सवैभन्दा बढी धनकुटा नगरको जनसंख्या ३६ हजार रहेको छ भने पाख्रीवासको सवैभन्दा कम २२ हजार छ । नयाँ थपिएको महालक्ष्मी नगरपालिकामा २४ हजार नगरवासी भएका छन । यता गाउँपालिका मध्ये सबैभन्दा बढी साँगुरीगढी गाउँपालिकामा २१ हजार र सवैभन्दा कम छथर जोरपाटी गाउँपालिकामा १८ हजार ३ सय जनसंख्या छ ।

त्यस्तै चौविसे गाउँपालिकामा १९ हजार र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकामा १८ हजार ७ सय जनसंख्या रहेको स्थानीय विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो पनि हेर्नुहोस..

धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बन्यो, पूर्ण विवरण हेर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!