- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका किसानहरुले शुक्रवार पशु सेवा कार्यालयमा तालाबन्दी गरेका छन । कार्यालय प्रमुख डा.नन्दलाल वर्माले मनोमानी गरेर किसानको हित विपरित काम गरेको भन्दै किसानहरुले जिल्ला पशुसेवा कार्यालयमा तालाबन्दी गरेका हुन ।

किसानहरुले कार्यालय प्रमुख एवं बरिष्ठ पशु विकास अधिकृत वर्मा र पशु चिकित्सक डा.झविन्द्रप्रसाद मरासिनीको कार्यकक्षमा ५ घण्टा ताला लगाएका हुन ।

किसानहरुले पशु सेवा कार्यालय प्रमुखको कार्यकक्षमा गरेको तालाबन्दी । तस्वीर-रबिन कटेल, संगालोखबर

बिरोध स्वरुप बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म तालाबन्दी गरिएको कृषिब्यवसायी संघका जिल्ला अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । तालाबन्दीका कारण १० बजेदेखि दुईघण्टा कार्यालयको कामकाज ठप्प भयो ।

तालाबन्दी गरेर किसानहरु कार्यालय परिषरमा धर्नामा बसेका थिए । १२ बजे ताला खोलेपनि किसानहरुले साँझ ५ बजे सम्म कार्यालयमा धर्ना दिएका हुन ।

पशु सेवा कार्यालयमा धर्नामा बसेका किसानहरु । तस्वीर- रबिन कटेल, संगालोखबर

करिव एक महिना अघि पशु ब्यावसाय लक्षित कार्यक्रमको वारेमा बुझ्न कृषकहरु कार्यालयमा पुग्दा कार्यालय प्रमुख वर्माले अभद्र ब्यवहार गरेको भन्दै किसानहरु आन्दोलित भएका हुन । उनीहरुले वर्माको ब्यवहार प्रति आपत्ती जनाएका थिए । किसान र पशु कार्यालयका प्रमुखवीच बिवाद बढेपछि उक्त बिषय जिल्ला प्रशासन कार्यालयमासमेत पुगेको थियो ।

कार्यालय प्रमुखको ब्यवहारका कारण असहज स्थिती सृजना भएको भन्दै किसानहरुले आवाज उठाईरहेका वेला फागुन १७ गते पशुपंछी बिकास मन्त्रालयको कर्मचारी प्रशासन शाखाले तीन महिनाका लागि क्षेत्रीय पशुसेवा निर्देशनालय मोरङ्गमा वर्मालाई काज खटाएको थियो ।

कार्यालय प्रमुख वर्मा काज खटाएको स्थानमा हाजिर नभएपछि पुनः गत मंगलवार पत्र काटेर तीन दिन भित्र उक्त कार्यलयमा हाजिर हुन पशुपंछी बिकास मन्त्रालयको कर्मचारी प्रशासन शाखाले ताकेता गरेको थियो ।

सो पत्रलाईसमेत वेवास्ता गरेर वर्माले किसानलाई अफ्ठ्यारो पार्न दादागिरी शैली देखाएकाले बिरोध गर्नुपरेको कृषिब्यवसायी संघका अध्यक्ष पौडेलले बताए । कार्यालय प्रमुख वर्मा काजमा नगएसम्म आन्दोलन जारी राख्ने उनले जानकारी दिए ।

यता कार्यालय प्रमुख वर्माले आफुलाई निराधार आरोप लगाएर अफ्ठ्यारोमा पारिएको प्रतिक्रिया दिए । निजामति सेवा ऐनमा कार्यालय प्रमुखलाई काजमा खटाउँन नपाईने उल्लेख भएपनि बिभागको पत्र आएकाले आईतार हाजिर हुँनेगरी काजमा जाँने वर्माले बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!